लन्डन । रेडिङवासी तमुहरूको साझा संस्था रेडिङ तमु समाजले यस वर्षको त्ह ल्हो ( घोडा वर्ग) को ल्होसार कार्यक्रम भव्य रूपमा मनाएको छ । २० डिसेम्बरका दिन झन्डै ३०० जना बढी सदस्य र परिवारहरूको उपस्थितिमा ल्होसार मनाएको हो ।
कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष देव गुरुङले गरेका थिए । प्रमुख अतिथिमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र तमु प्हे ल्हु संघका अध्यक्ष क्या. डेम बहादुर गुरुङ रहेका थिए ।

विशेष अतिथि ग्रेटर रेडिङ नेपाली समाजका अध्यक्ष भीमसेन खडका, मगर संघ रेडिङ शाखाका संस्थापक अध्यक्ष तथा सल्लाहकार राम गलामी, तामाङ घेदुङ रेडिङका उपाध्यक्ष धन लामा, पास पुक्ष गुठी रेडिङका अध्यक्ष दिव्य महर्जन, थाउजेन्ड बुद्धका अध्यक्ष मेजर समुन्द्र गुरुङ, रेडिङ गुम्बाका उपाध्यक्ष कृष्ण गुरुङ, रेडिङ भूपू ब्रिटिस गोर्खाज संस्थाका अध्यक्ष महेन्द्र गुरुङलगायत रहेका थिए ।
महासचिव याम गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा संयोजक एवं समाजका प्रथम उपाध्यक्ष हिरा गुरुङले स्वागत मन्तव्य राखेका थिए । समाजका अध्यक्ष देव गुरुङ, संस्थापक अध्यक्ष प्रेम गुरुङ, आमा समूहका अध्यक्ष आशा गुरुङ र प्रमुख अतिथिद्वयले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । लगत्तै नेपाली राष्ट्रिय गान र तमु राष्ट्रिय गान ( तमु ह्युल्सा कोई ) गाइएको थियो ।
कार्यक्रममा मौलिक तमु भेषभुषामा सजिएर आएका तमु समाजका परिवारमध्ये एक बाबु र एक नानीलाई वर्षको उत्कृष्ट तमु ड्रेस पुरस्कार प्रदान गरिएको थियो । नव वैवाहिक जीवनमा बाँधिएका जोडीलाई बधाई तथा शुभकामना दिइयो ।
नेपालबाट आएका लोक तथा दोहोरी गायिका निर्जला गुरुङ, गायक चिज गुरुङ र रोदी च्यानलका सञ्चालिका बालकासी गुरुङलाई पनि सम्मान गरिएको थियो । प्रमुख अतिथिहरू र अध्यक्षको ल्होसार मन्तव्यपछि सांस्कृतिक कार्यक्रम भएको थियो ।

कार्यक्रममा स्थानीय कालाकार बाबु नानीहरू, आमा बाबा समूह र अतिथि कलाकारको बेजोड प्रस्तुतिले सबै जनाले भरपुर मनोरञ्जन लिएका थिए । सांस्कृतिक कार्यक्रमको संयोजन सांस्कृतिक सचिव झुमप्रसाद गुरुङले गरेका थिए । साउन्ड सिस्टम चर्चित Bro Sis Band का गायक दिपु गुरुङले गरेका थिए ।
कार्यक्रम सफल पार्न राफल ड्रको व्यवस्थापन रेडिङ आमा समूह, संस्थापक अध्यक्ष राज कुमारी गुरुङ र उनको टिमले गरेका थिए । पेय पदार्थको व्यवस्था समाजको सदस्य कोविन गुरुङ र गजेन्द्र गुरुङको संयोजकत्वमा गरिएको थियो । खानाको व्यवस्था बेइजिङ नुडल्सका दिपक गुरुङले गरेका थिए भने संयोजकत्व समाजका पुर्ण गुरुङले गरेका थिए ।
हल तयारी र स्टेज डेकोरेशन समाजका पूर्वअध्यक्षहरू नन्द गुरुङ, डम्बर गुरुङ र रुद्र राज गुरुङको संयोजकत्वमा भएको थियो । समाजको सबै सदस्यको सक्रिय सहयोग र सहभागितामा ल्होसार कार्यक्रम भव्य र सव्य रूपमा सम्पन्न भएको थियो ।