लन्डन । ग्रेटर रश्मुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बेलायतको अल्डरसटस्थित वेस्ट इन्ड सेन्टरमा शनिबार २० डिसेम्बरमा जीआरएनसीकी अध्यक्ष लिला सेलिङ माबो अध्यक्षमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभा अध्यक्ष माबो, पूर्वअध्यक्षहरु रामचन्द्र गुरुङ, ओम थापा काउचा, रोहित गुरुङ र लिड ट्रष्टी क्याप्टेन ग्यारी घलेले संयुक्त रुपमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।
वार्षिक साधारणसभाको पहिलो चरणमा निर्वाचित भएका तर स्वागत गर्न बाँकी ट्रष्टीहरु, सल्लाहकारहरु र कार्यसमितिका सदस्यहरुलगायत समाजका विभिन्न क्षेत्रमा योगदान दिएका र सम्मानित भएका व्यक्तिहरुलाई अध्यक्ष माबोले खाडा लगाएर स्वागत तथा सम्मान गरे ।
सभाको दोस्रो चरणमा संस्थाको महासचिव ले.सुनिल रानाले संस्थाको प्रतिवेदन र कोषाध्यक्ष मिलन श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
त्यस्तै जीआरएनसीले सम्पन्न गरेका विभन्न योजनाहरुको बारेमा उपाध्यक्ष डा.विशाल गुरुङ, महासचिव ले.सुनिल राना, योजना अधिकृत सुशीला मगर, सीमा श्रेष्ठलगायत योजनामा आबद्ध सदस्यहरुले आ-आफ्नो योजनाको आर्थिक प्रतिवेदन प्रस्तुत गरे । ती प्रतिवेदनहरुउपर व्यापक छलफल गरेर सर्वसम्मतले पारित गरिएको छ ।
साधारणसभामा संस्थालाई च्यारिटी कमिसनमा दर्ता गर्ने बारेमा, विधान संशोधनको बारेमा र हाउजिङ प्रोजेक्टको बारेमा व्यापक छलफल भएको छ ।
साधारणसभामा उपाध्यक्ष अनिता राईले स्वागत मन्तव्य दिए भने महासचिव ले.सुनिल रानाले संचालन गरेका छन् ।




















