लन्डन । लमजुङ समाज यूकेको आवासगृह कल्याणकारी रात्रिभोज (हाउजिङ च्यारिटी डिनर नाइट) भव्यरूपमा सम्पन्न भएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा आइतबार १६ नोभेम्बर २०२५ मा लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरूङको अध्यक्षता र नेपाली दूतावास लन्डनका नियोग प्रमुख बिपिन दुवाडीको प्रमुख आतिथ्यमा समाजको आवासगृह कल्याणकारी रात्रिभोज भव्यरूपमा सम्पन्न भएको हो । प्रमुख अतिथि दुवाडी, लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङ, संस्थापक अध्यक्ष चन्द्र गुरुङ, कार्यक्रम संयोजक कुमार गुरुङ, आमा समूहकी अध्यक्ष तारा गुरुङले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए । त्यसपछि नेपाली र बेलायतको राष्ट्रिय गान बजाइएको थियो ।

कार्यक्रम सञ्चालन र हेल्थ एन्ड सेफ्टीबारे जानकारी महासचिव कृष्ण गुरुङले गरेका थिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य राखेका थिए । संस्थापक अध्यक्ष चन्द्र गुरुङले हाउजिङ प्रोजेक्टबारे प्रस्तुति राखेका थिए । युवाबारे अपडेट सचिव अनुप गुरुङ र युवा कोअर्डिनेटर लुइस गुरुङले गराएका थिए ।
संस्थामा राम्रो काम गरेका र समाजमा आबद्ध भएर बेलायतका विभिन्न संस्थामा अध्यक्षमा निर्वाचितहरुलाई सम्मान गरिएको थियो । तमु धींको आजीवन रात्रिभोजमा आदर्श तमु अवार्ड पाएका क्या देव घले दम्पती, आदर्श तमुस्यो अवार्ड प्राप्त शान्त गुरुङ, तमु लम परिवार यूकेमा अध्यक्ष निर्वाचित रामचन्द्र गुरुङ, ईलमपोखरी समाज यूकेमा अध्यक्ष निर्वाचित परशु गुरुङ, चेल्सी पेन्सिनर हर्कमान गुरुङ, तमु कलाकार सांस्कृतिक मञ्च यूकेका कृष्ण गुरुङसहित विभिन्न विषयमा ग्राजुएसन गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरूङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन डेम योज तमु, तमु समाज यूकेका अध्यक्ष बिन्दु घले, तनहुँ समाज यूकेका अध्यक्ष सन्तबहादुर गुरुङ, ताङतिङ समाज यूकेका अध्यक्ष तर्कजंग गुरुङ, तमु फोरम यूकेका निर्देशक क्या राजु गुरुङ, तमु धीं यूके संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्ष ज्ञाम गुरुङ, रामचन्द्र गुरुङ, ट्रस्टी एकेन्द्र गुरुङ, निवर्तमान अध्यक्ष हरि गुरुङ, एनआरएनए यूकेका पूर्वअध्यक्ष तथा सल्लाहकार सूर्य गुरुङ, गोरखा जिल्ला गुरुङ समाज यूकेका अध्यक्ष टेकमान गुरुङ, निवर्तमान अध्यक्ष फडकजीत गुरुङ, ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेकी अध्यक्ष लीला सेलिङ माबो, गोर्खा ट्राभल्सका प्रोपाइटर दिलरास गुरुङ, तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ, महासचिव डा विशाल गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, निवर्तमान अध्यक्ष सन्ध्या गुरुङ, समाजसेवी गणेश गुरुङ, गोर्खा मिडिया यूकेका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमुलगायत विभिन्न संघसंस्थाका अग्रजहरूको उपस्थिति थियो ।

बेलायतको व्यस्तता र मौसमको प्रतिकूलता जेजस्तै भए पनि कार्यक्रममा अपेक्षा गरेको भन्दा धेरै बेलायतवासी लमजुङे तथा गैरलमजुङे मनकारी पाहुनाहरूको उपस्थिति रहेको समाजले जनाएको छ । लमजुङ समाज यूकेको निमन्त्रणामा उपस्थित पाहुनाहरूबाट समाजको हाउजिङ च्यारिटीका लागि आ-आफ्नो स्वेच्छाले आर्थिक सहयोग गरेका थिए । उनीहरुलाई खादा लगाएर संस्थाका अध्यक्षलगायतले धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा प्रमुख अतिथि दुवाडी, लमजुङ समाज युकेको आमा समूह अध्यक्ष तारा गुरुङलगायतले मन्तव्य राखेका थिए । लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरूङको निर्देशनमा उपाध्यक्ष कुमार गुरूङले कार्यक्रमको संयोजन गरेका थिए । नेपालबाट आफ्नो सांगीतिक यात्रामा बेलायत आएका गायिका कामना ओली तथा गायक तिलक गुरूङले भरपुर मनोरन्जन दिएर कार्यक्रमको शोभा बढाएका थिए ।
मनोरञ्जनात्मक कार्यक्रमको नेतृत्व सांस्कृतिक सचिव इन्द्रजीत गुरुङले गरेका थिए भने सचिव अनुप गुरुङले राफल ड्र खेलाएका थिए । प्रथम पुरस्कार सुनको चन्द्रमा तमु धीं यूकेका निवर्तमान अध्यक्ष हरि गुरुङले जितेका थिए । उक्त पुरस्कार प्रायोजन उमरु क्लोथिङका सञ्चालक दम्पती शान्त गुरुङ र रुपमाया गुरुङले गरेका थिए ।
कार्यक्रम सफल पार्न अध्यक्ष पूर्णराज गुरुङ कार्यक्रम निर्देशक, कार्यक्रम कोअर्डिनेटर उपाध्यक्ष कुमार गुरुङ, औपचारिक कार्यक्रम सञ्चालन महासचिव कृष्ण गुरुङ, गेस्ट कोअर्डिनेटर तथा सिट प्लान वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, गेस्ट होस्ट उपाध्यक्ष माला घले, युवा कोअर्डिनेटर सचिव अनुप गुरुङ र लुइस गुरुङ, रिसेप्सन कन्ट्रोल आमा समूह अध्यक्ष तारा गुरुङ, सांस्कृतिक कार्यक्रम कोअर्डिनेटर इन्द्रजित गुरुङ, सांस्कृतिक कार्यक्रम सञ्चालन सल्लाहकार पूर्णचन्द्र मेघी गुरुङ, हेलिसा गुरुङ र सलेना गुरुङले भूमिका खेलेका थिए ।
अन्तमा अध्यक्ष पूर्णराज गुरुङले कार्यक्रम सफल बनाउन उपस्थित, प्रायोजक र तयारीमा खटिएका सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा डिएमटी ब्यान्डका संस्थापक दिनेश गुरुङले डिजे गरेका थिए । फोटो/भिडियो गोर्खा मिडियाका मिलन तमुले कैद गरेका थिए ।










