लन्डन । फस्ट इन्टेक १९७२ को ५३औँ वार्षिक भेटघाट तथा नम्बरी पार्टी सम्पन्न भएको छ । तमु प्येल्हु संघ यूकेको समाज घर रेडिङमा गत शनिबार भव्य रूपमा पार्टी सम्पन्न भएको हो ।
करिब ७० जनाको उपस्थिति रहेको कार्यक्रम दिउँसो १ बजे सुरु भएको थियो । महासचिव सन्तोष क्षेत्रीले सबैलाई आसन ग्रहण गराई स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएका थिए ।
पूर्वअध्यक्ष खरबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए । अध्यक्ष ले. नारायणप्रसाद गुरुङ BEM ले नयाँ सदस्यहरूलाई खादा ओढाएर सम्मान गरे । अध्यक्ष र प्रमुख सल्लाहकार मे. कुलबहादुर थापाले दिप प्रज्वलन गरे । नेपाल र बेलायतको राष्ट्रिय गान गुन्जिए लगत्तै स्वर्गीय मे. मणि कुमार राईको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो ।
आफ्नो नम्बरीको असामयिक निधनको सम्झनामा सबैजना भावुक बनेका थिए । अपराह्नपछि Entertainment मेम्बर टोम थापाले Tambola खेल खेलाएपछि नम्बरी झपट सुनुवार र भूपाल राईले मिठो भाकामा गीत गाएर मनोरञ्जन दिलाएका थिए ।
प्रमुख सल्लाहकार मे. कुलबहादुर थापाले नम्बरीलाई मनोबल उच्च बनाउने हौसलासहित धन्यवाद दिए । स्वादिष्ट भोजनपछि नेपालबाट आएकी गायिका प्रिया गुरुङले गीत गाएर सबैलाई नचाएकी थिइन् ।
विशेष खानपिन, हल बुकिङलगायतमा निरन्तर लागिपर्ने पूर्वअध्यक्ष खरबहादुर गुरुङ, टोम थापा, डिजे सञ्चालक सुशील भान्जा, महासचिव सन्तोष क्षेत्री, कोषाध्यक्ष महेन्द्र चाम्लिङ, गायिका प्रिया गुरुङ, युद्ध पुन, Drink का तारा गुरुङलगायत सहभागी सबैलाई धन्यवाद दिए । नम्बरीहरू बीच आपसमा दुःखसुख साटासाटका साथै नाचगान बेलुका ८ बजेसम्म नै चलेको थियो ।
अन्त्यमा सल्लाहकार क्या. मेखबहादुर गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी वर्ष अझ धेरै नम्बरीहरूको सहभागिताको अपेक्षा राख्दै बिदा लिएका थिए ।