Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • बेलायतमा एक नेपाली विद्यार्थी मृत फेला, अर्का युवा बेपत्ता
बेलायतमा एक नेपाली विद्यार्थी मृत फेला, अर्का युवा बेपत्ता
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता बुधबार, कात्तिक २६, २०८२

लन्डन १२ नोभेम्बर २०२५ । बेलायतमा अध्ययन गर्न आएका २६ वर्षीय योमन चन्दको सुतेकै अवस्थामा मृत्यु भएको छ । 

नेपालको सल्यानमा २९ जनवरी १९९९ मा जन्मेका चन्द मंगलबार बिहान ११ नोभेम्बरमा लन्डन एजवेयरमा मृत भेटिएका हुन् । चन्द बस्ने कोठा नजिकै बस्ने अर्का विद्यार्थी सुजन साह ठकुरीका अनुसार चन्द सोमबार राति लन्डन घुमेर फर्किएका थिए । 

गत वर्षदेखि हार्डफोर्डसायर युनिभर्सिटीमा कम्युनिकेसन एण्ड इन्फोमेसन इन्जिनियरिङ अध्ययन गरिरहेका चन्द नर्थ लन्डनमा बस्दै आएका थिए । 

Sanvi jeeler
Maoustail service

एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले परिवार, विश्वविद्यालय र उनका साथीहरुसँग सल्लाह गरी अन्त्येष्टीको प्रबन्ध गरिने जनाउनुभयो । ‘हामी स्वर्गीय चन्दको परिवारका लागि आर्थिक, नैतिक सहयोगका साथ समुदायमा जनचेतना जगाउने कार्यमा अझ बढी सक्रिय हुन्छौं,’ अध्यक्ष पुडासैनीले भन्नुभयो, ‘नेपालबाट आएका विद्यार्थी भाइबहिनीहरुले अहिले धेरै समस्या भोगेका छन् । बसाइँ, जागिर, मानसिक स्वास्थ्य, सुरक्षा आदि । उनीहरुमा जनचेतना जगाउन अत्यन्त खाँचो देखिएको छ । हामी सबै यसमा लाग्न जरुरी छ ।’

यसैबीच,फार्नबोरोबाट एक नेपाली हराएका छन् । ३२ वर्षीय प्रदीप शाही आइतबार (नोभेम्बर ९) बिहान करिब १०:३० बजेदेखि बेपत्ता भएका हुन् । उनको अवस्थाबारे परिवार, साथीभाइ र स्थानीय निकायले गम्भीर चासो व्यक्त गरेका छन् । प्रदीपको खोजीका लागि स्थानीय प्रहरीले ‘अर्जेन्ट’ अपिल जारी गरेको छ ।

प्रदीप करिब ५ फिट ६ इन्च अग्लो, छोटो घुम्रेको कालो कपाल भएका र हल्का ढल्किएर हिँड्ने बानीका रहेको प्रहरीको अपिलमा छ । उनी अन्तिम पटक खैरो ट्रयाकसुट, हरियो ज्याकेट र खैरो ऊनीको टोपी लगाएको अवस्थामा देखिएका थिए । ह्याम्पसायर प्रहरीका प्रवक्ताले अपिलमा भनेका छन्, ‘हामी जसले प्रदीपलाई देखेका छन् वा उनी कहाँ छन् भन्ने कुनै जानकारी छ भने तुरुन्त सम्पर्क गर्न अनुरोध गर्छौं । उनको परिवार र साथीहरू अत्यन्तै चिन्तित छन् ।’

जानकारी हुने जो कोहीलाई ९९९ नम्बरमा फोन गरेर रेफरेन्स नम्बर ४४२५०५०७४१६ उल्लेख गरि सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना?
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना? बिहीबार, मंसिर १८, २०८२
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय बिहीबार, मंसिर १८, २०८२
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान बुधबार, मंसिर १७, २०८२
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने 
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने  मंगलबार, मंसिर १६, २०८२
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस मंगलबार, मंसिर १६, २०८२
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्