Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • लन्डन लेडी मेयर शोमा तमु समाज यूकेको ऐतिहासिक सहभागिता
लन्डन लेडी मेयर शोमा तमु समाज यूकेको ऐतिहासिक सहभागिता
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता सोमबार, कात्तिक २४, २०८२

लन्डन । तमु समाज यूकेले सिटी अफ लन्डनमा आयोजित प्रतिष्ठित ‘द लेडी मेयर्स शो’मा ऐतिहासिक सहभागिता जनाएको छ ।

शनिबार, ८ नोभेम्बरमा भएको शोमा समाजले सहभागिता जनाएर नेपाल र तमु समुदायको तर्फबाट गौरवपूर्ण प्रदर्शन गरेको हो । 

संस्थाका अध्यक्ष बिन्दु घले गुरुङको नेतृत्वमा १० जना महिला प्रतिनिधिले एसियाली समूहको तर्फबाट नेपालको झन्डा, संस्कृति र समुदायको पहिचान गर्वका साथ प्रस्तुत गरेका थिए । 

समाजका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, उपाध्यक्षहरू भीम बहादुर गुरुङ, केदार बहादुर गुरुङ र कोषाध्यक्ष चन्द्रकान्ता गुरुङलगायत पदाधिकारीको उपस्थितिले कार्यक्रमलाई थप उत्साहमय बनाएको थियो । 

Sanvi jeeler
Maoustail service

577028814_1178033614430801_2158355106142674889_n-1762770105.jpg
लन्डनकी ६९७औँ तथा पहिलो लेडी मेयर अफ लन्डन डेम सुसन ल्याङ्ली (Dame Susan Langley DBE) को कार्यकाल आरम्भसँगै आयोजना गरिएको शोमा हजारौँ दर्शक उपस्थित थिए ।

तमु समाज यूकेको झाँकीले नेपालको झन्डा र तमु समुदायको सांस्कृतिक पहिचान प्रस्तुत गर्दा दर्शकले जोस र उत्साहका साथ स्वागत गरेका थिए । 

कार्यक्रमको अन्त्यमा अध्यक्ष बिन्दु घले गुरुङले सहभागी र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरिन् । ‘यो दिन तमु समाज यूकेको इतिहासमा गर्वको क्षणका रूपमा सदैव स्मरणीय रहनेछ,’ उनले भनिन् ।

लन्डनकी ६९७औँ मेयर डेम सुसन ल्याङ्ली (Dame Susan Langley DBE) निर्वाचित भएकी हुन् । उनले यसअघि Aldgate Ward बाट प्रतिनिधित्व गरेकी थिइन् । 

उनी ८०० वर्षको इतिहासमा तेस्रो महिला मेयर हुनुका साथै ‘लेडी मेयर अफ लन्डन’ उपाधि पाउने पहिली महिला हुन् । 

577782279_1178033567764139_7793534987506958614_n-1762770140.jpg
नवनिर्वाचित लेडी मेयरले ७ नोभेम्बरमा हुने Silent Ceremony मा पदभार ग्रहण गरेकी थिइन् । त्यसको भोलिपल्ट Lady Mayor’s Procession मार्फत Westminster पुगेर राजाप्रति निष्ठा शपथग्रहण गरिन् ।  

सो अवसरमा हुने तीन माइलभन्दा लामो भव्य झाँकीमा विभिन्न देशका समुदायले आफ्ना संस्कृति, पोसाक र परम्परा प्रस्तुत गरेका थिए । 

Lord Mayor’s Show विश्वकै सबैभन्दा पुरानो, लामो र लोकप्रिय नागरिक झाँकी हो । यसको सुरुवात १३औँ शताब्दीमा भएको हो ।

जब राजा जोनले City of London लाई आफ्नै मेयर चयन गर्ने अधिकार प्रदान गरे । यसमा एउटा सर्त राखिएको थियो । जसअन्तर्गत हरेक नयाँ मेयरले आफ्नो पदभार ग्रहणपछि Westminster पुगेर राजाप्रति निष्ठा शपथग्रहण गर्नुपर्छ ।

त्यस युगदेखि आजसम्म निरन्तर जारी यो परम्परा विश्वकै सबैभन्दा प्रसिद्ध नागरिक उत्सवको रूपमा विकसित भएको छ ।

577790764_1178033607764135_6237306811195736777_n-1762770168.jpg
 

 


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना?
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना? बिहीबार, मंसिर १८, २०८२
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय बिहीबार, मंसिर १८, २०८२
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान बुधबार, मंसिर १७, २०८२
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने 
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने  मंगलबार, मंसिर १६, २०८२
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस मंगलबार, मंसिर १६, २०८२
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्