लन्डन । बेलायती दम्पतीले नुवाकोटमा स्वास्थ्य इकाई भवन उद्घाटन बनाइदिएका छन् ।
यूकेका एलेक्स र एलेना गर्कोको लगानीमा नेपाल ग्रिनतारा फाउन्डेसनमार्फत नुवाकोटको तादी गाउँपालिका–१, काल्सेमा स्वास्थ्य इकाई भवन बनाएका हुन् । उक्त भवन वडाध्यक्ष नकुर तामाङको अध्यक्षतामा शुक्रबार भएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सांसद तथा पूर्वउपसभामुख राधिका तामाङले भवन उद्घाटन गरेका छन् ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल ग्रिनतारा फाउन्डेसनका संस्थापक, विश्वप्रसिद्ध आरोही, मानवसेवक र समाजसेवी तासी तेन्जिङ शेर्पा, फाउन्डेसनकी अध्यक्ष बन्दी निमा शेर्पा,विशेष अतिथिको रुपमा तादी गाउँपालिकाकी उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ, नेपाली कांग्रेस तादीका सभापति नारायणप्रसाद पाण्डे, नेपाली कम्युनिष्ट पार्टीका प्रदेश सदस्य किरण रिजाल,नेताहरु रोशन श्रेष्ठ, वडाअध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू र गाउँसभाका सदस्यहरू तथा इलाका प्रहरी कार्यालयका प्रमुख लोकनाथ पाठकलगायत जनप्रतिनिधि, मिडिया र नागरिक समाजलगायतको उपस्थिति थियो ।
स्वास्थ्य इकाइ भवन तादी गाउँपालिका–नेपाल ग्रिनतारा फाउन्डेसनको सहकार्यमा निर्माण भएको हो । नेपाल ग्रिनतारा फाउन्डेसनले तादी गाउँपालिकालाई स्वास्थ्य इकाई भवनको चाबी हस्तान्तरण गरेको छ ।
प्रसूती कक्षसहित चारकोठे भवन ८५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो ।