लन्डन । मर्दीखोला समाज यूकेको समीक्षा बैठक तथा तिहार कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार २५ अक्टुबर २०२५ मा अल्डरसटस्थित सुसी मोटो रेस्टुरेन्टमा वर्तमान कार्यसमितिको कामकारबाहीको समीक्षा, तिहार चाडका अवसरमा देउसी-भैलो, शुभकामना साटासाटका लागि बैठक बसेको हो ।
बैठकमा हेल्थ एन्ड सेफ्टीबारे समाजका उपाध्यक्ष एसके गुरुङले राखेका थिए भने कार्यक्रम सञ्चालन महासचिव दिपक गुरुङले गरेका थिए । बैठकमा हालै तमु धीं यूकेद्वारा आयोजित आजीवन सदस्य रात्रिभोजमा विशेष सम्मान प्राप्त प्रमुख सल्लाहकार खेमसिं गुरुङलाई बधाई तथा शुभकामना दिइएको थियो । खेमसिंलाई समाजका अध्यक्ष भगवान गुरुङलगायतले खादा, फेटा र पुष्पगुच्छासहित बधाई दिए ।
यस्तै तमु लम परिवार यूकेको अध्यक्षमा चयन भएका तमु धीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङलाई पनि फेटा, खादा र पुष्पगुच्छासहित सम्मान गरिएको थियो । नेपालबाट हालै बेलायत आएका बुद्ध गुरुङ र विष्णु गुरुङ दम्पतीलाई खादा र फूलद्वारा स्वागत गरिएको थियो ।
यसैगरी बेलायत भ्रमणमा आएका समाजका लामागुरु कर्मा गुरुङलाई पनि अध्यक्ष भगवान गुरुङलगायतले स्वागत गरेका थिए । त्यसपछि सल्लाहकारमा मनोनीतहरुलाई स्वागत गरिएको थियो ।
बैठकमा निवर्तमान कोषाध्यक्ष चेत बर्देवा र आमा समूहकी अध्यक्ष ध्रुव गुरुङले आयव्यय सुनाएका थिए । अध्यक्ष भगवान गुरुङले बैठकमा उत्साहजनक उपस्थिति रहेकोमा खुसी व्यक्त गर्दै सबैलाई धन्यवाद ज्ञापन गरे । अन्त्यमा देउसो-भैलो र खानपानमा रमाउँदै सबै बिदा भएका थिए । आमा अध्यक्ष ध्रुव गुरुङ र संस्थापक अध्यक्ष माया गुरुङले देउसी-भैलोको अगुवाइ गरेका थिए ।
कार्यक्रममा समाजका पूर्वअध्यक्ष, पदाधिकारी, सल्लाहकार, सदस्यहरुको बाक्लो उपस्थिति थियो ।


लामागुरु कर्मा गुरुङ


बुद्ध गुरुङ र विष्णु गुरुङ दम्पती

तमु लम परिवार यूकेको अध्यक्षमा चयन भएका तमु धीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ



