लन्डन । तमु धीं यूकेले सोंपाल समाज यूकेको हाउजिङ च्यारिटीमा साढे ८ लाखभन्दा बढी सहयोग गरेको छ ।
शनिबार २५ अक्टुबर २०२५ मा बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भएको हाउजिङ च्यारिटी डिनर नाइट कार्यक्रममा तमु धीं यूकेले ४ हजार ६४४ पाउन्ड (नेरु ८,६८,१५४ बराबर) सहयोग दिएको हो । केन्द्र, इकाइका वर्तमान र पूर्वकार्यसमितिका केही पदाधिकारी तथा सदस्यबाट संकलित सहयोग रकमको चेक तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमला देवी गुरुङ, तमु धीं यूके लन्डन ब्रान्चका अध्यक्ष भरत गुरुङ, तमु धीं यूके ह्याम्पसायर इकाइ अध्यक्ष महेन्द्र गुरुङ, साउथ इस्ट रिजनल तमुधीं यूकेका इकाइका अध्यक्ष शिवराम गुरुङ बीइएमले सोंपाल समाज यूकेका अध्यक्ष जगदीश गुरुङलाई हस्तान्तरण गरे ।
सहयोग हस्तान्तरणका बेला तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष हरि गुरुङ र निवर्तमान आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङ, तमुधीं यूकेका पूर्वअध्यक्षहरु ज्ञाम गुरुङ, रामचन्द्र गुरुङ, नन्दजंग गुरुङ, वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङलगायतको उपस्थिति थियो ।

महासचिव डा विशाल गुरुङका अनुसार उक्त सहयोग रकममा तमु धीं यके संस्थागत १००५ पाउन्ड, निवर्तमान अध्यक्ष हरि गुरुङ र निवर्तमान आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङबाट ५५५, अध्यक्ष जुमकाजी गुरुङबाट ५२५ पाउन्ड, उपाध्यक्ष कमल गुरुङबाट ५०१ पाउन्ड, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङबाट ५०१ पाउन्ड, पूर्वअध्यक्ष ज्ञाम गुरुङबाट ५०१ पाउन्ड, पूर्वअध्यक्ष रामचन्द्र गुरुङ ५०१ पाउन्ड, तमु धीं यूके ह्याम्पसायर इकाइ अध्यक्ष महेन्द्र गुरुङबाट २५० पाउन्ड, तमु धीं यूकेका सदस्य भीमप्रसाद गुरुङबाट १०५ पाउन्ड, पूर्वअध्यक्ष नन्दजंग गुरुङबाट १०० पाउन्ड र सदस्य भोज गुरुङबाट १०० पाउन्ड योगदान गरेका हुन् ।
सोंपाल समाज यूकेका अध्यक्ष जगदीश गुरुङको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष भरत गुरुङको संयोजन र महासचिव क्या मोहन गुरुङको सञ्चालनमा सांस्कृतिक कार्यक्रमसहित च्यारिटी डिनर नाइट सम्पन्न भएको थियो ।