लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई सरकारले फिर्ता बोलाएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्त भएका घिमिरेसहितका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा बेलायत, चीन, जर्मनी, इजरायल, कतार, मलेसिया, रुस, साउदी अरब, स्पेन, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय भएको हो ।
राजदूत घिमिरे २०८१ माघ ४ गते (१७ जनवरी २०२५) कार्यभार सम्हालन बेलायत आएका थिए । नेपाल सरकारका पूर्वसचिवसमेत रहेका घिमिरे २०८१ मंसिर २ गते (१७ नोभेमबर २०२४) मा राजदूतमा नियुक्त भएका थिए ।
फिर्ता बोलाइएका राजदूतहरुलाई कात्तिक २० भित्र नेपाल फर्कन भनिएको छ ।
यी हुन् सरकारले फिर्ता बोलाएका राजदूतहरू
- कृष्णप्रसाद ओली- चीन
- शैल रुपाखेती- जर्मनी
- धनप्रसाद पण्डित- इजरायल
- नेत्रप्रसाद तिमिल्सिना- मलेसिया
- रमेशचन्द्र पौडेल- कतार
- जंगबहादुर चौहान- रूस
- नरेश विक्रम ढकाल- साउदी अरब
- सनिल नेपाल- स्पेन
- चन्द्रकुमार घिमिरे- बेलायत
- लोकदर्शन रेग्मी- अमेरिका
- दुर्गाबहादुर सुवेदी- जापान