Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 13, October, 2025 सोमबार, असोज २७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
tamudhe thaks
Gurkha
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • बेलायतमा स्थानीय सांस्कृतिक कार्यक्रमहरूमा जीआरएनसीको प्रस्तुति
बेलायतमा स्थानीय सांस्कृतिक कार्यक्रमहरूमा जीआरएनसीको प्रस्तुति
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता सोमबार, असोज २७, २०८२

लन्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) ले बेलायतमा स्थानीय सांस्कृतिक कार्यक्रमहरूमा सहभागिता जनाएको छ ।

शनिबार ११ अक्टोबर २०२५मा अल्डसटस्थित युनियन यार्डमा आयोजित आर्ट फेस्टिवलमा जीआरएनसीले भाग लिएको हो । रश्मूर बरोभित्रका अल्पसंख्यक समुदायहरूमध्ये नेपाली समुदायको सशक्त प्रतिनिधित्व गर्दै ग्रेटर रसमोर नेपाली कम्युनिटीले यस वर्षको आर्ट फेस्टिवलमा सक्रिय सहभागिता जनाएको ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष लिला सेलिङ माबो र महासचिव सुनील रानाले बताए ।

जीआरएनसीका सचिव दिनेश गुरुङको संयोजनमा प्रस्तुत गरिएको नेपाली सांस्कृतिक नृत्यले उपस्थित दर्शक र स्थानीय समुदायको मन जित्यो । कलाकारहरू:लिकन गुरुङ, सेलिना शाही, रीतिका खरेल र ऋष्ता खड्का थिए । कोरियोग्राफरको भूमिका कविता घर्ती मगरले निभाएकी थिइन् ।

554203875_1367208388300235_4657486572241039931_n-1760346632.jpg
अध्यक्ष माबो र महासचिव रानाले उत्कृष्ट प्रस्तुतिका लागि संयोजक दिनेश गुरुङसहित सम्पूर्ण कलाकार टोलीलाई आभारसहित धन्यवाद व्यक्त गरेका छन् । उक्त अवसरमा जीआरएनसीकी अध्यक्ष लिला सेलिङ माबोद्वारा लेखिएको युनिभर्सिटी अफ सर्रे यूकेअन्तर्गतको मास्टर्स डिग्री अध्ययनको क्रममा तयार गरिएको अनुसन्धानमूलक पुस्तक “Hidden Domestic Violence Against Black, South Asian Minority Ethnic Women in the UK” (AuthorHouse UK बाट प्रकाशित) को विमोचन स्थानीय सांसद एलेक्स बेकर, काउन्टी काउन्सिलर एलेक्स क्राफर्ड तथा डेपुटी काउन्सिल लिडर सोफी पोर्टर लगायतको उपस्थितिमा सम्पन्न भयो ।

Sanvi jeeler
Maoustail service

564118300_1470148247600761_8648728279695949190_n-1760346641.jpg
उक्त विशेष अवसरको सफल संयोजनका लागि कार्यक्रम प्रस्तोता जानकी पुन तथा सम्पूर्ण आर्ट फेस्टिवल आयोजक टोलीप्रति जीआरएनसी तर्फबाट धन्यवाद व्यक्त गरिएको छ ।

यसैगरी अल्डरसटस्थित से्नट माइकल्स चर्चमा आयोजित रश्मूर कल्चरल डे – ब्ल्याक हिस्ट्री मन्थ कार्यक्रममा पनि जीआरएनसीले सहभागिता जनायो । रश्मूर बरोकी पूर्वमेयर मारा मकुनुराद्वारा आयोजित ब्ल्याक हिस्ट्री मन्थ कार्यक्रममा पनि जीआरएनसीतर्फबाट नेवारी सांस्कृतिक नृत्य प्रस्तुति दिइएको थियो । जसको संयोजक जीआरएनसीका सचिव प्रजेश श्रेष्ठ थिए । सहयोगी टोलीमा बिकेश श्रेष्ठ, प्रतिमा जोशी थिए ।

कलाकारहरूमा पूर्णलाल महर्जन, रञ्जना बटी, श्याम प्रजापति, अन्जया बटी, गगनराज डंगोल, सलीम श्रेष्ठ, प्रतिमा जोशी, ईशा प्रधान, प्रसून जोशी प्रसून जोशीले सामुहिक नाच प्रस्तुत गरेका थिए ।

साँझ ७ बजे प्रस्तुत गरिएको नेवारी सांस्कृतिक नृत्य अत्यन्तै सफल, प्रभावकारी र सराहनीय रहेको आयोजकको भनाइ छ ।

553573433_826549323390131_2753792073793768904_n-1760346643.jpg
कार्यक्रमको अन्त्यमा आयोजक मारा मकुनुराले जीआरएनसीप्रति विशेष धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा सक्रिय सहभागिता, सहयोग र योगदानका लागि सम्पूर्ण कलाकार, संयोजक तथा सहयोगी सदस्यहरूलाई धन्यवाद व्यक्त गरिएको थियो ।

युनियन यार्ड आर्ट फेस्टिवलमा जीआरएनसीको स्टल थियो । संयोजक सुषिला थापा (प्रोजेक्ट म्यानेजर) र टोलीमा सञ्जय राई, सीमा श्रेष्ठ, ज्ञान गुरुङ थिए । कार्यक्रमको क्रममा बिहानदेखि दिनभर जीआरएनसी स्टल संचालन गरिएको थियो ।

स्टलमा नेपाली महिलाहरूले तयार पारेका हस्तकला र नेपाली युवायुवतीहरूले सिर्जना गरेका कलात्मक सामग्रीहरू प्रदर्शन गरिएको थियो ।

दैनिक कार्यक्रमको अन्त्यतिर सीमा श्रेष्ठले पनि सक्रिय रूपमा सहयोग गरेकी थिइन् । स्थानीय समुदायबाट स्टलमा प्रदर्शित सामग्रीहरूबारे अत्यन्तै सकारात्मक प्रतिक्रिया प्राप्त भएको अध्यक्ष माबोले जानकारी गराइन् ।

उक्त कार्यक्रमहरूमा उपाध्यक्ष उत्तरबहादुर गुरुङ, महासचिव सुनील राना, संस्कृति सचिव दिनेश गुरुङ, कार्यसमिति सदस्यहरू सोम घले, एज्रा श्रेष्ठ, मीना गुरुङ, सल्लाहकार रिटायर्ड क्याप्टेन बिर थापालगायतले भूमिका खेलेको भन्दै अध्यक्ष माबोले सम्पूर्ण सहयोगी सदस्य, कलाकार र समुदायका प्रतिनिधिहरूलाई पनि संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरिन् ।

जीआरएनसी भविष्यमा पनि नेपाली/गोर्खा समुदायको पहिचान, संस्कार र संस्कृति संरक्षण तथा प्रवर्द्धनमा निरन्तर प्रतिबद्ध रहने अध्यक्ष माबोको भनाइ छ ।

4bb96a95-6170-48c9-9cc9-9772ba62e617-1760346651.jpeg

553601167_812727577802896_2855077761850515756_n-1760346637.jpg
558024406_1084033383576001_6217311975057967113_n-1760346636.jpg
jjj-1760346628.jpg
 


 


प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
तमु समाज यूकेको दसैँ विशेष समारोह नेपाली भाषा कक्षाका विद्यार्थीसँग
तमु समाज यूकेको दसैँ विशेष समारोह नेपाली भाषा कक्षाका विद्यार्थीसँग सोमबार, असोज २७, २०८२
होली काउले जित्यो वेस्ट रेस्टुरेन्ट अवार्ड
होली काउले जित्यो वेस्ट रेस्टुरेन्ट अवार्ड सोमबार, असोज २७, २०८२
सिरुबारी गाउँ यूकेको दसैं, तिहार कार्यक्रम भव्य रुपमा सम्पन्न
सिरुबारी गाउँ यूकेको दसैं, तिहार कार्यक्रम भव्य रुपमा सम्पन्न सोमबार, असोज २७, २०८२
सीएनसीबीजीको आयोजनामा च्यारिटी डिनर नाइट हुने
सीएनसीबीजीको आयोजनामा च्यारिटी डिनर नाइट हुने आइतबार, असोज २६, २०८२
बेलायतमा भएको एक्सरसाइज क्याम्ब्रियन पट्रोलमा नेपाली सेनालाई स्वर्ण पदक
बेलायतमा भएको एक्सरसाइज क्याम्ब्रियन पट्रोलमा नेपाली सेनालाई स्वर्ण पदक आइतबार, असोज २६, २०८२
लोकप्रीय
  • Week
  • Month
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
गाउँघरको पुकार [कविता]
गाउँघरको पुकार [कविता]
ब्लगर लेक्स लिम्बुले गरे मेरा पिक सफल आरोहण
ब्लगर लेक्स लिम्बुले गरे मेरा पिक सफल आरोहण
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या.रि. डेमबहादुर गुरुङ सम्मानित
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या.रि. डेमबहादुर गुरुङ सम्मानित
सबै नेपाली शान्तिले बस्न सकोस् [कविता]
सबै नेपाली शान्तिले बस्न सकोस् [कविता]
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
बेलायतमा गोर्खा मिडियाले भव्य रूपमा मनायो पाँचौँ वार्षिकोत्सव
बेलायतमा गोर्खा मिडियाले भव्य रूपमा मनायो पाँचौँ वार्षिकोत्सव
मौलिक गायनमा छाउँदै गुरुङ समुदायको अर्की प्रतिभा
मौलिक गायनमा छाउँदै गुरुङ समुदायको अर्की प्रतिभा
बेलायतको अल्डरसटमा गुरुङ चलचित्र ‘क्योंई साँ’ प्रदर्शन
बेलायतको अल्डरसटमा गुरुङ चलचित्र ‘क्योंई साँ’ प्रदर्शन
बेलायतमा एकल साँझबाट संकलित ९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण 
बेलायतमा एकल साँझबाट संकलित ९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्