फर्कि आऊ हे मेरा सन्तान हो
बोलाइरहेछ नदीनालाहरूले तिमीलाई ।
बिर्सि नजाऊ हे मेरो सन्तान हो
पुर्खाले बनाएका देउराली पाटी पौवाहरूलाई ।
फर्कि आऊ हे मेरो सन्तान हो
पर्खि बसेछ भिरा, पाखा पाँदेरीहरूले तिमीलाई ।
दशैं-तिहार आउँदा लिपपोद पारी सिंगारी दिन्थ्यो मलाई
बाटो दोबाटोहरूको झाडी फाँडी सफा गरिदिन्थ्यो मलाई
गौंथलीको चिरबिर अवाजसँगै मादलुको तालमा सुताउँथ्यो मलाई ।
तर आज म एक्लो भएछु
तर आज म एक्लो भएछु
ढल्न लागेछ पुर्खाले बनाएका महलहरू
भत्किँदै छ तिमी जन्मेर खेलेका आँगनहरू
खोजीरहेछ गोरेटो बाटो र देउराली बाँझेडंहरूले तिमीलाई ।
आउ सम्हालिदेउ मलाई, स्याहरसम्हार गरीदेउ मलाई
कहाँ निष्ठुरी छु र म पनि, कहाँ निष्ठुरी छु र म पनि ।