Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता सोमबार, असोज २०, २०८२

लन्डन । तमु समाज यूकेले १८औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । लन्डनको विम्बलीस्थित बारहम पार्कमा रहेको आफ्नै समाज भवनमा ४ अक्टोबरका दिन विशेष कार्यक्रमबीच वार्षिकोत्सव सम्पन्न गरेको हो । 

कार्यक्रम समाजकी अध्यक्ष श्रीमती बिन्दुकुमारी गुरुङ (घले)को अध्यक्षतामा सम्पन्न भएको थियो । लन्डन बरो अफ ब्रेन्टका लागि बेलायतका महामहिम महाराजाधिराजका प्रतिनिधि Mei Sim Lai OBE DL प्रमुख अतिथिका रूपमा उपस्थित थिए । 

557270968_1263906675419339_3391299335160301537_n-1759759360.jpg
कार्यक्रमको उद्घाटन अध्यक्ष बिन्दुकुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, प्रमुख अतिथि Mei Sim Lai OBE DL, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन (रि.) डेम बहादुर गुरुङ, आमा समूहकी अध्यक्ष विमला गुरुङ र युवा समूहका अध्यक्ष प्रज्ज्वलमान गुरुङले संयुक्त रूपमा गरेका थिए । 

कार्यक्रममा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, उनकी धर्मपत्नी जयन्ती गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन (रि.) डेम बहादुर गुरुङ तथा उनकी धर्मपत्नी चन्द्र सुवा गुरुङ, पूर्वअध्यक्षहरू अर्जुनकुमार गुरुङ, शिवचन्द्र गुरुङ, शिवकुमार गुरुङ, तमु धीं यूकेका पूर्वअध्यक्ष तथा तमु समाज यूकेका सल्लाहकार सुवसिं गुरुङ (BEM), गोर्खा जिल्ला गुरुङ समाजका संस्थापक अध्यक्ष तथा तमु समाज यूकेका सल्लाहकार ले. रि. थमप्रसाद गुरुङको उपस्थिति रहेको थियो । 

Sanvi jeeler
Maoustail service

552954308_1319989466573569_3017640843497021559_n-1759759389.jpg
यसैगरी, तनहुँ जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष, संरक्षक तथा तमु समाज यूकेका सल्लाहकार लेख गुरुङ, गोर्खा जिल्लाका पूर्वअध्यक्ष तथा तमु समाज यूकेका सल्लाहकार ले. रि. पञ्चबहादुर गुरुङ लगायतका पदाधिकारी ट्रष्टिज ,सल्लाहकार , आमा समूह, युवा समूह तथा बेलायतभरबाट आएका सदस्यहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रम भव्य बनाएको थियो । 

महासचिव सुब घलेले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भिमबहादुर गुरुङले स्वागत मन्तव्य दिएका थिए । महासचिव घलेले तमु समाज यूकेको ऐतिहासिक पृष्ठभूमिदेखि हालसम्मका उपलब्धिबारे संक्षिप्त विवरण प्रस्तुत गरे । 

555767603_1239327324668876_316900308057186489_n-1759759436.jpg
विभिन्न वक्ताहरूले संस्था स्थापनाको १८ वर्षको यात्रा, उपलब्धि र आगामी योजनाबारे आफ्ना धारणा राखेका थिए । शुभकामना मन्तव्यमा निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, पूर्वअध्यक्षहरू अर्जुनकुमार गुरुङ, शिवचन्द्र गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले संस्थाको निरन्तर प्रगति र एकतालाई सराहना गर्दै आगामी दिनहरूमा अझ उज्ज्वल भविष्यको कामना गरे । 

संस्था १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गर्दै परिपक्वता प्राप्त गरेको सन्दर्भमा, यस यात्रामा योगदान पुर्‍याउने सम्पूर्ण पूर्व तथा वर्तमान पदाधिकारी, आजीवन सदस्य, दातृ तथा शुभेच्छुकहरूप्रति उनीहरूले धन्यवाद व्यक्त गरे । 

554571497_1776443796566010_6298036069595448341_n-1759759462.jpg
कार्यक्रममा नव–आजीवन सदस्यहरूलाई प्रमाणपत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो। साथै, उच्च शिक्षा हासिल गरेका र खेलकुदमा उत्कृष्टता देखाएका युवा सदस्यहरूलाई पनि सम्मान गरिएको थियो। अध्यक्ष बिन्दु घले र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले सुबिन घले (स्नातकोत्तर डिग्री प्राप्त), संगम गुरुङ (मुई थाई खेल विजेता), र धरन रन  तथा यूके रनका अध्यक्ष सन्तोष राई (लन्डन म्याराथन–२०२५ का गिनिज बुक कीर्तिमानधारी)लाई तमु समाज यूके उत्कृष्ट सम्मानपत्र–२०२५ प्रदान गरी सम्मान गरे । 

त्यसैगरी, समाजका सहयोगी व्यवसायी प्रकाश गौतम (जय श्री क्रिष्ण  ज्वेलर्स, साउथ ह्यारो)लाई समाजमा आर्थिक तथा भौतिक सहयोगको कदरस्वरूप समाजको लोगो अंकित प्ल्याक  मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

553963314_1869758590411040_8158141169948023442_n-1759759493.jpg
नेपालबाट आएका कलाकार सुरज गुरुङलाई कलाक्षेत्रमा पुर्‍याएको योगदानका लागि ‘तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान–२०२५’ प्रदान गरिएको थियो । त्यस्तै, समाजको प्रगति र उन्नतिका लागि विशेष योगदान पुर्‍याएका आजीवन सदस्यहरू गुमानसिं गुरुङ,  बुद्धिबहादुर गुरुङ, बिना गुरुङ, नरबहादुर गुरुङ, पूर्ण बहादुर गुरुङ र युवा सदस्य ओसिएन रानालाई पनि ‘तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान–२०२५’ द्वारा अभिनन्दन गरिएको थियो ।

सम्मानकै क्रममा, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन (रि.) डेम बहादुर गुरुङलाई नेपाल तथा बेलायतका विभिन्न संघ–संस्थामा सक्रिय रहँदै उल्लेखनीय योगदान पुर्‍याएको कदरस्वरूप ‘तमु समाज यूके विशिष्ट समाज सेवा सम्मान–२०२५’ द्वारा सम्मानित गरिएको थियो ।

556921965_700944229682856_190904646056240894_n-1759759519.jpg
त्यसै अवसरमा प्रमुख अतिथि Mei Sim Lai OBE DLलाई स्वागतस्वरूप दोसल्ला ओढाई, समाजको लोगो अंकित प्ल्याक  मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन (रि.) डेम बहादुर गुरुङले बधाई तथा शुभकामना मन्तव्य दिँदै तमु समाज यूके र तमु प्ये ल्हु संघबीचको सम्बन्ध  अत्यन्त घनिष्ठ र सधैँ सहकार्यपूर्ण रहेको उल्लेख गर्दै निरन्तर सहयोगको प्रतिबद्धता जनाए । 

प्रमुख अतिथि Mei Sim Lai OBE DLले सम्बोधन गर्दै तमु समाज यूकेको एकता, सहयोग र सामुदायिक सेवाको प्रशंसा गर्नुभयो। उहाँले महिला र युवाको भूमिकाको महत्त्वमा जोड दिँदै बेलायतको विन्चेस्टरस्थित गोर्खा संग्रहालयको मर्मत तथा काठमाडौँका विभिन्न विद्यालयका १५ जना छात्राहरूको शिक्षाका लागि आफू आबद्ध  Pan Asian Women’s Association मार्फत सहयोग गर्दै आएको जानकारी दिए । 

554309243_806791758754599_5772975059293969945_n-1759759540.jpg
उनले गोर्खा समुदायले बेलायती सेनामा पुर्‍याएको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै तमु समाज यूकेलाई आगामी दिनमा अझ सफलता मिलोस् भन्ने शुभकामनासमेत व्यक्त गरेका थिए । 

कार्यक्रममा अध्यक्ष बिन्दु घलेले प्रमुख अतिथि, अन्य अतिथिहरू, पदाधिकारी, कलाकार, युवा तथा आमा समूहका सदस्यहरू र कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबै व्यक्तित्वहरूलाई धन्यवाद व्यक्त गरिन् । उनले आगामी वर्षहरूमा समाजले सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा अझ सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै यस्तै साथ र सहयोगको अपेक्षासमेत गरिन् । 

554340891_1775156036453139_8051971069678290501_n-1759759586.jpg
अध्यक्षले समाजको १८औँ वार्षिकोत्सव समारोहमा सम्मानित भएका व्यक्तित्वहरू तथा उच्च शिक्षा हासिल गरेका युवाहरूलाई हार्दिक बधाईसहित निरन्तर प्रगतिको शुभकामना दिइन् । कार्यक्रममा आमा समूह, युवा समूह र बुबा समूहका आकर्षक नृत्य प्रस्तुतिहरू तथा डीजे प्रज्वलमान गुरुङका प्रस्तुतिहरूले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।

समाजले निःशुल्क भोजन तथा पेय पदार्थको व्यवस्था गरेको थियो भने वार्षिक उत्सवको केक सल्लाहकार ई. काँसिराज बोहराले प्रायोजन गरेका थिए । साँझ ६ बजे सुरु भएको कार्यक्रम राति १० बजेसम्म उत्साहपूर्वक सञ्चालन भएको थियो ।


प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना?
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना? बिहीबार, मंसिर १८, २०८२
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय बिहीबार, मंसिर १८, २०८२
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान बुधबार, मंसिर १७, २०८२
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने 
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने  मंगलबार, मंसिर १६, २०८२
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस मंगलबार, मंसिर १६, २०८२
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्