लन्डन । बेलायतको अल्डरसटमा आइतबार ‘रश्मूर वेल्स्ली १० किमि एन्ड कम्युनिटी फन रन’ सफलतापूर्वक सम्पन्न भएको छ । क्वीन्स एभिन्यूबाट सुरु भएको उक्त दौड त्यहीँ पुगेर समापन भएको हो।
कार्यक्रमको औपचारिक सुरुआत ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेकी अध्यक्ष लीला सेलिङ माबोले घण्टी बजाएर गरेकी थिइन् । दौड सुरु हुनुअघि सहभागी धावकहरूलाई रनको मार्ग, स्वास्थ्य सुरक्षा र सावधानीबारे जानकारी दिइएको थियो। सो अवसरमा पाइपरको आकर्षक धुनले वातावरण थप उत्साहपूर्ण बनेको थियो।

कार्यक्रमअन्तर्गत १० किमि, ५ किमि, २ किमि फन रन श्रेणीमा प्रतिस्पर्धा आयोजना गरिएको थियो। सबै टोलीका धावकहरूलाई मेडल प्रदान गरिएको थियो । वरिष्ठ उपाध्यक्ष उत्तरबहादुर गुरुङको संयोजकत्वमा रन भएको थियो । यस रनको सम्पूर्ण तयारीदेखि व्यवस्थापन उनले नै गरेका थिए ।
रेस डाइरेक्टर ब्ल्याक भ्याली रनर्सका डेव पोर्टर र महासचिव स्टिभ रहेका थिए । ब्ल्याक भ्याली रनर्स र जीआरएनसीले संयुक्त रूपमा रेस आयोजना गरेका थिए । जसमा रश्मूर बरो काउन्सिलले सहयोग गरेको थियो । रेसबाट संकलित रकममध्ये केही अंश स्थानीय च्यारिटी संस्थालाई र केही जीआरएनसीलाई प्रदान गरिने जनाइएको छ ।

रेसमा ६०० जनाभन्दा बढीले सहभागिता जनाएका थिए । कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, क्याप्टेन ग्यारी घले, लप्टन मुक्ति, जीआरएनसीका उपाध्यक्षहरू डा. विशाल गुरुङ, उत्तर गुरुङ, भवानी गुरुङ बीइएम, कोलप्रसाद गुरुङ, संस्थापक अध्यक्ष रामचन्द्र गुरुङ, पूर्वअध्यक्षहरू ओमप्रसाद काउचा, रामधन राई, सचिव सुनिल राना, कार्यसमिति सबै जना प्रोजेक्ट डाइरेक्टर सुशीला मगर, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुसहित धेरैभन्दा धेरै भोलेन्टिरयहरूको सहभागिता थियो ।
जीआरएनसीले सामुदायिक एकता र स्वास्थ्यप्रति सचेतना जगाउने उद्देश्यले यो रन करिब १० वर्षदेखि नियमित रूपमा आयोजना गर्दै आएको छ। अध्यक्ष माबोले प्रतियोगिता सफल बनाउन योगदान गर्ने सम्पूर्ण पदाधिकारी, कार्यसमिति, ट्रस्टी, सल्लाहकार तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिइन् । दौड कार्यक्रम संयोजन वरिष्ठ उपाध्यक्ष उत्तरबहादुर गुरुङले गरेका थिए ।




