लन्डन । नेपाली सेनाका पूर्वकर्णेल स्वर्गीय मनिन्द्र गुरुङको ४९औँ दिनको पूजा सम्पन्न भएको छ । बुद्धिस्ट गुम्बा रेडिङमा शुक्रबार परिवारजन, आफन्त र शुभचिन्तकको उपस्थितिमा पूजा सम्पन्न भएको हो ।
गुम्बाका उपाध्यक्ष नरबहादुर गुरुङले पूजाको बारेमा केही भनेपछि पूजा सुरु भएको थियो । धर्मगुरु कर्म गुरुङले पूजा गरेका थिए । छोरा दीपेन्द्र गुरुङले उपस्थित सबैलाई धन्यवाद दिएका थिए । गुम्बाका अध्यक्ष इन्स्पेक्टर खेम गुरुङले पनि धन्यवाद दिँदै सबैलाई स्वागत गरेका थिए ।

पूजामा स्वर्गीय गुरुङका ज्वाईं एवं तमु धीं यूकेका पूर्वअध्यक्ष कमल गुरुङ, छोरा, बुहारी, छोरी, भाइखलक, नातिनातिनासहित आफन्तजन उपस्थित थिए।
यसैगरी, एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, तमु धीं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, उपाध्यक्ष कमल गुरुङ, बुद्धिस्ट गुम्बा रेडिङका कोषाध्यक्ष मेजर बुद्धि गुरुङ, तमु धीं यूकेका सल्लाहकार चन्द्रमान गुरुङ, नेपालबाट आएका सुनील गुरुङ, सहारा यूकेका महासचिव क्याप्टेन पिताम्बर गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुसहित शुभचिन्तकहरू समेत उपस्थित थिए ।
गुरुङको गत साउन ३० गते काठमाडौँको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनी एनआरएनए यूकेका पूर्वअध्यक्ष पुनम गुरुङका बुबा हुन् ।
२००६ सालमा देहरादुनमा जन्मिएका गुरुङ नेपालका पूर्वराष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षकसमेत रहेका थिए ।
