लन्डन । पाँचथर समाज सेवा यूकेको अध्यक्षमा नगेन्द्रराज नेम्बाङ सर्वसम्मत चयन भएका छन् ।
अल्डरसटस्थित सुसी मोटो रेष्टुरेन्टमा आइतबार सम्पन्न भएको समाजको नवौं महाधिवेशनले नेम्बाङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष नेम्बाङले यसअघि दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष र एक कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनी एभरेस्ट टाइम्स यूकेका प्रबन्ध निर्देशक हुन् ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लिला सेलिङ माबो, उपाध्यक्षमा लाहाङ चेम्जोङ, खुशी लिम्बु, गेहेन्द्रराज थाम्सुहाङ, दीपा योङ्ग्या लिम्बु र महासचिवमा पारु राई, सचिव एवं फुटबल कोअर्डिनेटर प्रताप तामाङ, सहसचिव राजन सेलिङ, कोषाध्यक्षमा शिखर लिम्बु, सहकोषाध्यक्ष अर्जुन सेलिङ सर्वसम्मत चयन भएका छन् ।
सदस्यहरुमा रस्मी केरुङ योङ्या, राजन राई,देउमान लावती,धन नेम्बाङ,मनकुमार चेम्जोङ , श्रीप्रसाद माबो, शुभ नेम्बाङ र कालु सिङ थाम्सुहाङ चुनिएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका अध्यक्ष नरप्रसाद थाम्सुहाङले आइतबार नै पद तथा गोपनियताको शपथग्रहण गराएका थिए । निर्वाचन समिति सचिवमा छबि सेलिङ र धन काम्बाङ सदस्य रहेका थिए ।
नवनिर्वाचित अध्यक्ष नगेन्द्रराज नेम्बाङले समाजको वार्षिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै संस्थालाई नयाँ हिसाबले परिवर्तन गर्ने प्रतिबद्धता जनाए । उनले शान्ति लिम्बु नेतृत्वको निवर्तमान कार्यसमिति र निर्वाचन समितिलाई धन्यवाद दिए । कार्यसमितिको कार्यकाल दुई वर्षको रहने व्यवस्था छ ।
