अल्डरसट । सांगीतिक भ्रमणका क्रममा ६ महिनाअघि बेलायत आएकी गायिका पवित्र गुरुङको भव्य बिदाइ गरिएको छ । अल्डरसटस्थित दि लन्ज रेस्टुरेन्टमा आइतबार बिशेष कार्यक्रमबीच बिदाइ गरिएको हो ।
ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी)का अध्यक्ष लीला सेलिङ मावो र पवित्रले संयुक्त रूपमा दीप प्रज्वलन गरेका थिए । सूर्य गुरुङले सञ्चालन गरेको कार्यक्रमको सुरुमा पवित्रले देशभक्ति गीत गाएर सबैको ध्यान खिचेकी थिइन् ।

त्यसपछि पवित्रकी दिदी गरिमा गुरुङले उपस्थित सबैलाई स्वागत गरेकी थिइन् । आफ्नो बहिनीलाई बेलायतमा तमु धीं यूकेले पहिलो पटक र अहिले जीआरएनसीले बोलाएर सांगीतिक भ्रमण भराएकोमा धन्यवाद दिएकी थिइन् ।
पवित्र बेलायत रहँदा आफ्नो घरमा छोरीसरह मानेर बसेको र अहिले बिदाइ गर्नुपर्दा दुःख लागेको राम गुरुङले बताए । ६ महिनाको बेलायत बसाइमा क्रममा राम र मिरा गुरुङले पवित्रलाई पाइलापाइलामा मद्दत गरेका थिए ।
पवित्रले जीआरएनसीलाई धन्यवादस्वरुप नेपालबाट ल्याएको मायाको चिनो पवित्रले दिइन् । यस्तै उनले गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र सहसम्पादक प्रकाश गुरुङलाई विशेष धन्यवादसहित मायाको चिनो दिएकी थिइन् ।

‘मेरो सांगीतिक यात्राका क्रममा अविस्मरणीय रहनेगरी च्यारिटी कार्यक्रम गरिदिनुभयो । मेरा लागि यो जीवनको एकदमै महत्त्वपूर्ण र ऐतिहासिक भयो । बेलायतमा यति ठुलो प्लेटफर्म दिनुभयो । गोर्खा मिडियालाई धेरै धेरै धन्यवाद,’ उनले भनेकी दिइन् ।
च्यारिटी सफल बनाउन सहयाेग गर्ने एनआरएनए आईसीसीका सल्लाहकार एवं गाेर्खा प्यालेसका प्राेप्राइटर सूर्य गुरुङ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र डीएमटी ब्यान्डका संस्थापक दिनेश गुरुङलाई पनि उनले धन्यवादसहित आभार प्रकट गरिन् ।
उपस्थित सबै आफन्त र शुभचिन्तकले खादा र मायाको चिनो दिएका थिए । विभिन्न गीत गाएर भरपुर रमाइलो गरे । तमु धीं यूकेको गोर्खा कप, नेपाली मेला, मगर संघको ओपन कन्सर्टमा ठूला कार्यक्रममा प्रस्तुति गर्न पाउँदा गर्व लागेको पवित्रले बताइन् ।
अन्त्यमा पहिला बेलायत बोलाउने तमु धीं यूके र अहिले बोलाउने जीआरएनसीलाई पुनः धन्यवाद दिएकी थिइन् । बेलायत बसाइका क्रममा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने संघसंस्था, गाउँले भेला, विभिन्न व्यक्तित्वहरूलाई पनि धन्यवाद दिएकी थिइन् ।

पवित्र सन् २०२१ मा पहिलो पटक तमु धीं यूकेको निमन्त्रणामा बेलायत आएकी थिइन् । यसपटक जीआरएनसी यूकेको निमन्त्रणामा गत अप्रिल दोस्रो साता बेलायत आएकी हुन् ।
यसबीचमा उनले बेलायतमा रहँदा दर्जनौँ कार्यक्रममा प्रस्तुति दिएर दर्शक तथा श्रोताको मन मुटुमा बस्न सफल भइन् । तमु धीं यूकेद्वारा आयोजित गोर्खा कप, मगर संघ यूकेको ओपन कन्सर्ट, तमु धीं यूके र नेपाली राजदूतावास लन्डनको संयुक्त आयोजनामा भएको नेपाली मेलालगायत विभिन्न कार्यक्रममा दर्शक नचाइन् ।
त्यसमा पनि सबैभन्दा विशेष भने गोर्खा मिडियाको आयोजनामा गत ३१ अगस्टमा भएको ‘A Musical Solo with पवित्र गुरुङ र DMT Band Charity Night’ भएको थियो । नेपालबाट बेलायत आएकी गायिकाको म्युजिकल सोलो गरेको उक्त नै पहिलो थियो ।

उक्त कार्यक्रमबाट पवित्रले बाल्यकालमा अध्ययन गरेको नुवाकोटको गोल्फु भन्ज्याङ माध्यमिक विद्यालयका लागि ९ लाख ५० हजारभन्दा बढी रकम जुटाइएको थियो । गोर्खा मिडियाले पाँचौँ वार्षिकोत्सवका अवसरमा उनलाई सम्मानसमेत गरेको थियो ।

