लन्डन । लमजुङ समाज यूके आमा समूहले आफ्नो स्थापनाको १५औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । शनिबार, २० सेप्टेम्बरका दिन अल्डरसटस्थित दि लन्ज रेस्टुरेन्टमा विभिन्न कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो ।
समाजका सचिव मोनिका गुरुङले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लक्ष्मी गुरुङले स्वागत मन्तब्य राखेकी थिइन् ।
संस्थापक अध्यक्ष ईन्द्र गुरुङ, पूर्वअध्यक्षहरू जुना गुरुङ, लक्ष्मी गुरुङ, निवर्तमान अध्यक्ष माला घले र प्रमुख अतिथि लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङ, संथापक अध्यक्ष चन्द्र प्रसाद गुरुङ र सल्लाहकार मोहन सिङ गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।
अध्यक्ष तारा गुरुङले प्रमुख अतिथि पूर्णराज गुरुङ विशेष अतिथिहरूलाई खादा, फेटा र आमा समूहको चेरी क्रमु ओढाई सम्मान गरेकी थिइन् ।
प्रमुख अतिथि पूर्णराज गुरुङसहित विशेष अतिथिहरू एसियन महिला एसोसिएसन यूकेका अध्यक्ष कल्पना गुरुङ, गुरुङ चलचित्र संघ हङकङका अध्यक्ष माया गुरुङ, तमु धीं यूके आमा प्रमुख कमलादेवी गुरुङ, तमु धीं लन्डन इकाई आमा अध्यक्ष देवकला गुरुङ र बीसीसी लन्डन आमा प्रमुख दिलमाया गुरुङलाई सम्मान गरिएको हो ।
विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम पनि भएको थियो । निवर्तमान अध्यक्ष माला घलेले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
नेपालबाट बेलायत आएका गायक आस राम गुरुङले भव्य प्रस्तुति दिएका थिए । उनको प्रस्तुतिमा सबै जना रमाएका थिए ।
रोचक भाग्यशाली चिठ्ठा उपाध्यक्ष मनिता गुरुङले सञ्चालन गरेकी थिइन् । अन्त्यमा कार्यक्रम संयोजक एवं अध्यक्ष तारा गुरुङले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेकी थिइन् ।










