लन्डन । तमुधिं लन्डन इकाईको हि ल्होछार र १५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
८ जनवरी आइतबार २०२३ मा तमुधिं लन्डन इकाई अध्यक्ष बिष्णु गुरुङको अध्यक्षतमा साथै हि ल्होछार तथा १५ औं वार्षिकोत्सव कार्यक्रम संयोजक उपाध्यक्ष भरत गुरुङ, सहसंयोजक बेनकुमार गुरुङको संयोजकत्वमा हि ल्होछार तथा वार्षिकोत्सव कार्यक्रम लन्डन ग्रिनफोर्ड हलको प्रेक्षालयमा भव्यताको सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अथिति बेलायतका लागि नेपाली राजदूतवासका उपनियोग प्रमुख रोशन खनाल, विशिष्ट अथिति धर्मगुरु टुल्कु सांग्ये योन्तेन ग्यात्शो गुरुङ रिम्पुछे, धर्मगुरु खेन सन्तोष गुरुङ रिम्पुछे, क्ल्हेप्री चिवा हिरा तमु, तमुधिं यूके अध्यक्ष हरि गुरुङ आमा समूह प्रमुख सन्ध्या गुरुङ उपस्थित थिए ।
विशेष अथितिहरु हान्स्लो बरोका काउन्सिलर बिष्णुबहादुर गुरुङ, बार्नेट बरोका काउन्सिलर लक्ष्यबहादुर गुरुङ, गैर आवासीय बेलायतका अध्यक्ष प्रेम गाहामगर, तमुधिं यूकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, आमा समूह प्रमुख सीता गुरुङ साथै विभिन्न संघ संस्थाबाट आमन्त्रित प्रतिनिधित्व गरी पाएका अथिति गणलाई नेपालको मौलिक प्रचलित नौमती बाजाले प्रवेशद्बारमा स्वगत गरी आ-आफ्नो स्थानमा आशनग्रहण गरिएको थियो ।
कार्यक्रममा उपस्थित अथिति गण, विशिष्ट र विशेष अथिति, उपस्थित भएका सम्पूर्ण महानुभावहरुलाई स्वागत मन्तव्य वाचनबाट लन्डन इकाईका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भरत गुरुङले गरेका थिए ।
कार्यक्रमको समुद्घाटन प्रमुख अथिति रोशन खानल, धर्मगुरु टुल्कु सांग्गे योन्तेन ग्यात्शोप रिम्पुछे, इकाईका अध्यक्ष विष्णु गुरुङ, आमा समूह अध्यक्ष कमला गुरुङ, तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, काउन्सिलर विष्णुबहादुर गुरुङ, काउन्सिलर लक्ष्यबहादुर गुरुङ, संस्थापक अध्यक्ष डेविड गुरुङ, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर र संरक्षक खुशीमान गुरुङले संयुक्त रुपमा दीप प्रज्वालन गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।
नेपालको राष्ट्रिय गीत, कर्मभूमि बेलायत र तमुहरुको मौलिक राष्ट्रिय गीतमा उपस्थित भएका सम्पूर्ण महानुभावहरुले उठेर आत्मसाथ गरी गुन्जयमान गीतमा राष्ट्रियता र आफ्नो पहिचानप्रति गर्वको महसुस गरेका थिए । धर्मगुरु टुल्कु सांग्ये गुरुङ रिम्पुछेको प्रवचन आशीष शुभकामनाबाट कार्यक्रम प्रारम्भ गरिएको कार्यक्रममा क्ल्हेप्रीचिवा हिरा तमु, प्रमुख सल्लाहकार काउन्सिलर लक्ष्यबहादुर गुरुङ, एनआरएनए यूके अध्यक्ष र इकाई आमा समूह अध्यक्ष कमला गुरुङले शुभकामना मन्तव्य दिएका थिए ।
समाज र समुदायप्रति उल्लेखनीय योगदानलाई मनन र उच्च कदर गर्दै हरेक वर्षको ल्होछार कार्यक्रममा अर्पण गरिने पर्सनालिटी अवार्ड तमुधिं लन्डन इकाईका निवर्तमान अध्यक्ष चन्द्रबहादुर गुरुङ र निवर्तमान आमा समूह अध्यक्ष डिलमाया गुरुङलाई अर्पण गरिएको थियो ।
तमुधिं लन्डन इकाई स्थापना समयदेखि १५औं वर्षको आरोहअवरोह हुने क्रममा निरन्त्रतारुपमा आर्थिक, भौतिक नैतिक साथै लन्डन इकाईको गरिमालाई ऊच्च स्थानमा पुर्याएको विशेष योगदानको कदर गरी “विशेष स्वर्णीम सम्मान”द्बारा लन्डन इकाईका प्रमुख संरक्षक खुशीमान गुरुङलाई गुरुङ संस्कार र परम्पराअनुसार क्रेगी र दोसल्लाले अभिनन्दन सम्मान गरेको थियो ।
लन्डन इकाईका सदस्यहरुको छोराछोरी तथा सन्तानहरुमध्ये बेलायतका विभिन्न विश्व विद्यालयबाट उच्च शिक्षा हासिल गरेकोमा बधाई तथा सम्मान गरिएको थियो ।
तमुधिं लन्डन इकाईले आफ्नो प्रचलन र सम्मानको प्रकृयाअनुसार आफ्नो केन्द्र तमुधिं युकेमा भर्खरै मात्र निवर्तमान भएका अध्यक्ष र नवनिर्वाचित अध्यक्ष र उनका पदाधिकारीहरु, कार्यसमितिलाई बधाई तथा सम्मान गरिँदै आएको सर्वविदितलाई यस पटक पनि हि ल्होछारको अवसरमा निवर्तमान भएका अध्यक्ष हितकाजी गुरुङ र आमा प्रमुख सिता गुरुङलाई आफ्नो कार्यकाल ऐतिहासिक पूर्वक सफलसॅग सम्पन्न गरेकोमा बधाई तथा सम्मान गरिएको थियो ।
त्यसैगरी नवनिर्वाचित अध्यक्ष हरि गुरुङ, आमा प्रमुख सन्ध्या गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल कोने गुरुङ, जयन्ती गुरुङलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामनाहरुको साथ सम्मान र अभिनन्दन गरेको थियो । विशिष्ठ अथिति तमुधिं यूके अध्यक्ष हरि गुरुङले सान्दर्भिक र प्रेरक अनि लन्डन इकाईलाई मार्गदर्शन मन्तव्य दिएका थिए । मन्तव्यकै क्रममा तमुधिं यूकेको मेरुदण्ड तमुधिं लन्डन इकाई रहॅंदै आइरहेको छ । र आउँदो दिनहरुमा पनि निरन्त्रता रहनेमा विश्वस्त रहेको प्रष्ट्याएका थिए । स्वागत र सत्कारका लागि आभार प्रकट गरे ।
कार्यक्रममा प्रमुख अथिति उपनियोग प्रमुख रोशन खनालले शुभकामना मन्तव्यमा तमुधिं लन्डन इकाईको कार्यक्रममा प्रमुख अथिति भएर शुभकामना आदनप्रदान गर्न पाउँदा खुसी हुँदै विदेशभूमिमा रहे तापनि तमुहरुले आफ्नो नेपाली पहिचान, संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यहरुको साथ आफ्नो महान् पर्व एकै ठाउँमा भेला भएर मनाउन पाउँदा हर्षित व्यक्त गरे ।
औपचारिक कार्यक्रमको समापनमा लन्डन इकाईका अध्यक्ष विष्णु गुरुङले १५औं वार्षिकोत्सव तथा हि ल्होछार कार्यक्रममा गरिमामयी उपस्थिति भइदिन प्रमुख अथिति, धर्मगुरु रिम्पुच्छे, खेन रेम्पूच्छे, क्ल्हेप्री चिवा, केन्द्रबाट सॅंधै हामीलाई साथ र सहयोग गर्ने अध्यक्ष, अन्य इकाईका अध्यक्ष साथै सम्पूर्ण पदाधिकारीहरु, आमन्त्रणलाई स्वीकार गरी सहभागी र कार्यक्रमलाई सफल बनाई दिई साथै सहयोग गरिदिने सबैलाई धन्यवाद व्यक्त गरे ।
दोस्रो चरणको मनोरन्जन कार्यक्रम संचालन इकाईका सांस्कृतिक सचिव कुमार गुरुङ, महिला कार्यक्रम संयोजक हेलिसा गुरुङको साली भेना साईनोको डोरी समात्दै मनमोहक रमाइलो गराऊॅंदै मिना गुरुङले पनि साथ दिँदै एकल गीत प्रस्तुत गरी रोमान्चक तबरले कार्यक्रमलाई नदी झैं बगाई रहेका थिए ।
स्वागत नृत्यमा हेलिसा गुरुङ र पुनम गुरुङको स्वर्णीम प्रस्तुतिले प्रशंसाको ताली अनि संवादमा थुप्रै प्रशंसा पाएको थियो । त्यसैगरी इकाईका युवा संयोजक सृष्टि गुरुङ, सिर्जना गुरुङको सामूहिक नृत्य पनि उत्कृष्ट रहेको थियो । एकल नृत्यमा बिर्शा गुरुङको नृत्यले धेरै धेरै प्रशंसा तारिफ बटुलेको थियो । फुर्कुटे चोली ठेड चुट्का कौडा नृत्यमा आमा समूहको तरफबाट गुड्डु, लक्ष्मी, दुर्गा र विद्या गुरुङको कौडा नृत्य प्रस्तुति अति नै उत्कृष्ट रहेको थियो ।
नेपालबाट आएका कलाकारहरु सुरेन्द्र गुरुङ, चिज गुरुङ र भिमु गुरुङको उत्कृष्ट प्रस्तुतिले उपस्थित सबैलाई रम्दै नचाएका थिए । गुरुङ गीत, लोकभाका दोहोरी प्रस्तुतिले सबैलाई नाच्न र रम्न ऊत्सुक हुँदै एकैसाथ नचाउन सफल भए ।
कार्यक्रमको अन्तिम चरणमा अथिति कलाकार, मिडियाकर्मी मित्रहरु, फोटोग्राफर, साउण्ड सिस्टम डिजे उनीहरुलाई खादा र सम्मान प्रमाणपत्र अर्पण गरेको थियो । भाग्यदोय चिट्ठाको धैर्यताको बाँध फुकाउन लन्डन इकाई आमा समूह कोषाध्यक्ष गुड्डु गुरुङको नेतृत्वमा दुर्गा गुरुङले साथ दिँदै आमा समूह अध्यक्ष र सहसचिव संगीता गुरुङले उनीहरुलाई साथ दिएका थिए ।
प्रथम भाग्यचिट्टा पुरस्कार आधा तोला सुनको औंठी विजेता पूजा गुरुङ, द्वितीय पुरस्कार चाँदीको सिक्री विजेता गंगा गुरुङले हात पार्न सफल भए ।
प्रथम पुरस्कार प्रायोजक जयकृष्णा ज्वेलर्स साउथ ह्यारोले र द्वितीय तमुधिं लन्डन इकाई आमा समूहले प्रायोजन गरेको थियो । उपस्थित सबैलाई स्वादिष्ट खानाको व्यवस्था गोर्खा दरबार नेपाली रेस्टुरेन्ट फेल्थाम धनबहादुर गुरुङले गरेका थिए ।
औपचारिक कार्यक्रम तमुधिं लन्डन इकाईका सचिव विकास गुरुङ (विशाल)ले संचालन गरेका थिए । साउन्ड सिस्टममा सुशील गुरुङ र फोटोग्राफीमा जोन घोतानेले गरेका थिए ।
विकास गुरुङ विशाल
सचिव तमुधिं यूके लन्डन इकाई