हङकङ । पर्वत मञ्च हङकङको शुभकामना आदनप्रदान, सम्मान तथा वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । अङ्ग्रेजी नयाँ वर्षा २०२३ सालको अवसरमा जनवरी ७ तारिख उक्त कार्यक्रम सम्पन्न भएको हो ।
हङकङको जोर्डनस्थित याक एन यति रेस्टुरेन्ट एन्ड वारको सभा हलमा कार्यक्रम निकै भव्यताका साथ सम्पन्न भएको संस्थाका अध्यक्ष दुर्गा घोताने मिलनले गोर्खा मिडियालाई बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि संस्थाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार दुर्गा गुरूङ ‘एन्डी’ले शुभकामना दिँदै संस्थाले उत्कृष्ट मानवीय काम गरेकोमा प्रशंसा गरे । साथै उहाँले यसरी विभिन्न अवसरमा भेटघाट हुने कार्यक्रमले एक आपसमा नजिक बनाउने विश्वास व्यक्त गर्नुभयो । विशेष अतिथि इकाई संस्थाका अध्यक्ष तथा सल्लाकारहरू अन्य आमन्त्रित अतिथिहरूको विशेष उपस्थिति रहेको थियो।
त्यस्तै कार्यक्रम हङकङमा रहेका आर्थर डाँडाखर्क सहयोग समिति हङकङ, पञ्चासे सहयोग समिति हङकङ, चार भञ्ज्याङ तमु समाज हङकङ, पैयु खोला समाज हङकङ, दुर्लुङ सम्पर्क समाज हङकङ, देउपुर देउराली समाज हङकङ, बाजुङ समाज हङकङ, भुक समाज हङकङ, पर्वत क्लव हङकङ र पर्वत पुन मगर समाज हङकङ लगायतका इकाई संस्थाहरूबाट उपस्थिति रहेको थियो ।
अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक के सीले यसरी शुभकामना पठाउनुभएको छ, "पर्वत मञ्च हङकङको आज सम्पन्न हुन गइरहेको नयाँ वर्ष शुभकामना आदानप्रदान एवं भेटघाट कार्यक्रम भब्य सफलताको कामना गर्दछु । हङकङमा रहनुहुने सम्पुर्ण पर्वतेली दाज्युभाइ दिदीबहिनीहरूमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छु । यहाँहरूको समाज सेवाको उच्च मुल्यांकन गर्दै आगामी दिनमा पर्बत मञ्च हङकङ र अन्तराष्टिय पर्वत समाजको सम्बन्ध थप मजबुद हुने कुरामा विश्वास्त रहदै पुन: नयाँ वर्षको हार्दिक शुभ कामना व्यक्त गर्दछु ।"
कार्यक्रममा विभिन्न विधामा उत्कृष्टता हासिल गरेका विधार्थी, खेलाडी, पर्वते स्थानीय कलाकारलाई सम्मान गरिएको थियो । कार्यक्रममा भाग्यशाली चिठ्ठा परेका व्यक्तिहरुलाई मोबाइललगायत विभिन्न पुरस्कार प्रदान गरिएको थियो साथै भव्य साँस्कृतिक कार्यक्रम तथा पुन व्याण्डको विशेष प्रस्तुति रहेको थियो ।
पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा घोताने "मिलन"को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य इकाई संस्था पञ्चासे सेवा समिति हङकङका अध्यक्ष तिलक गुरुङले र सञ्चालन कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष भिम गुरुङले गरेका थिए ।