लन्डन । याङ्जाकोट परिवार यूकेको वार्षिक गाउँले भेला सम्पन्न भएको छ ।
रेडिङसथित तमु प्ये ल्हु संघ यूकेको हलमा आइतबार ३१ अगस्ट २०२५ का दिन याङ्जाकोट परिवार यूकेका अध्यक्ष वर्तमान गुरुङको अध्यतामा गाउँले भेला भएको हो । प्रमुख अतिथि तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, विशेष अतिथि तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या डेमबहादुर गुरुङ, याङ्जाकोट परिवार यूकेका अध्यक्ष वर्तमान गुरुङ र संस्थापक अध्यक्ष नन्दबादुर गुरुङले दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरे ।

कार्यक्रममा गाउँको प्रचारप्रसारका लागि निर्माण गरिएको 'याङ्जाकोट वैशाख पुर्ने मेलामा' सार्वजनिक गरिएको थियो । गीत विमोचन मेजर डीबी क्रोंगी-लम गुरुङ एमभीओ, टीका गुरुङ, गायिका प्रिया गुरुङ, याङ्जाकोट परिवार यूकेका अध्यक्ष वर्तमान गुरुङले गरेका थिए । उक्त गीत याङ्जाकोट परिवार यूकेका अध्यक्षको परिकल्पनामा तयारी गारिएको हो ।
गीतमा शब्द रचना टीकाबहादुर गुरुङ, गायक दीपक गुरुङ र प्रिया गुरुङले स्वर दिएका छन् भने तेजेन्द्र गुरुङले संगीत संयोजन गरेका छन् ।
संस्थालाई ठूलो योगदान पुर्याएको भन्दै टीकाबहादुर गुरुङ र श्रीमती यमुना गुरुङलाई फेटा, सल र प्रशंसापत्रसहित सम्मान गरिएको थियो । यस्तै तीन जना महिला अनिता गुरुङ, दिपा गुरुङ र तारा गुरुङलाई उनीहरुले समाजलाई दिएको योगदानको कदर गर्दै सल र बुकीले सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष लेखबहादुर गुरुङले राखेका थिए । कार्यक्रम सञ्चालन दलहादुर गुरुङले गरेका थिए । त्यस अवसरमा तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या डेमबहादुर गुरुङ, ताङतिङ समाज यूकेका अध्यक्ष तर्कजंग गुरुङ, सिक्लेस पार्चे समाज यूकेका अध्यक्ष रुपबहादुर गुरुङ र श्रीमती कालिका गुरुङ, तमुधीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, तमुधीं यूकेका वर्तमान सल्लाहकार एवं आजीवन सदस्य भोजबहादुर गुरुङ, नादा समाज यूकेका अध्यक्ष मेजर राजपति गुरुङ, गुरुङ सोसाइटी केन्टका अध्यक्ष गोलमान गुरुङलगायत छोरीचेली, ज्वाइँ र भान्जाभान्जीहरुको उपस्थिति थियो ।
यसैगरी ग्र्याजुएसन गरेका विद्यार्थी, नयाँ आजीवन सदस्य, नवदम्पती र याङ्जाकोट थिटाज् ग्रुपलाई पनि सम्मान प्रदान गरिएको थियो ।
नेपालबाट आएकी गायिका प्रिया गुरुङले जोडदार प्रस्तुति राखिन् । उपस्थित नानीबाबुहरु खुसीसाथ नाचेका थिए । कार्यक्रमो अर्को आकर्षण राफल ड्र पनि थियो ।
अन्त्यमा समाजका अध्यक्ष वर्तमान गुरुङले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।






