स्वदेशमा बर्खा लाग्यो कामै कामको चटारो
सर्खा लाग्यो चाडपर्वको लटारो
विदेशमा दिनरात कामै कामको तगारो
दशैंको छुट्टी माग्न ६ महिनादेखि नै हतारो
सबेरै उठी बासी भात पोको पारी कामतिर दौडिनकै हतारो ।
महिना पुगी तलब आउँछ घरको भाडा,बत्ती,पानी
अनेकौ भागबन्डा गर्दागर्दै हातमा लाग्यो जिरो
फेरि भोलि सबेरै उठी स्यानवीज पोको पारी कामतिर कुद्नुको हतारो।
शनिबार,आइतबार आउनै हुँदैन रोधीघर, डिस्को कुद्न मन लागि हल्ने
बियर र हुस्कीको चुस्की लगाई झुमझुम भई नाच्न मन लाग्ने
देश गुना भेष, कपाल गुना केश भन्या जस्तै
जहाँ बस्यो त्यहीको लत लाग्ने
फेरि भोलि सबेरै उठी आँखा मिच्दै मिच्दै कामतिर लाग्नु पर्ने।
विदेशी जनजीवन यस्तै छ कहिल्यै सुख नपाउने
काम काम भन्दाभन्दै भादा खाने बेला पुग्ने
मिठो खाउँ, राम्रो लगाउँ, घुम्न जाउ ज्यानले साथ नदिने
त्यसैले जीवन जिउने कला जान्नु नै पर्छ
आफूले आफूलाई माया गर्नु नै पर्छ।
बेला र मौकामा आएका चाडपर्व,भेटघाट, मेला र समारोहहरूमा
भेला भई दिल खोलेर रमाउनु पर्छ
युग युगदेखि मान्दै आएका हाम्रो चाडपर्व मान्नु पर्छ
अनेकौं चाडपर्व, मेला महोत्सवमा हाम्रो एकता झल्किन्छ
हाम्रो एकता झल्किन्छ।
जय दुर्गाभवानी