मिचेट । तधु धीं यूकेले मिचेटस्थित आफ्नो भवनमा नेपाल, हङकङ तथा अमेरिकाबाट आएका अथितिहरूलाई स्वागत तथा सम्मान गरेको छ ।
नेपालको गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री वेदबहादुर (श्याम) गुरुङ र उनकी धर्मपत्नी शिरशोभा गुरुङ, हङकङबाट आएकी जिफाहका अध्यक्ष माया गुरुङ र अमेरिकाबाट आएकी नायिका एन्सर्जलाई २८ अगस्ट, बिहीबारका दिन स्वागत तथा सम्मान गरिएको हो ।
चारै जनालाई तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए । उनले संस्थाको बारेमा जानकारी पनि गराएका थिए ।

सो अवसरमा सचिव विमल गुरुङ, सल्लाहकार तथा व्यवसायी दिलरास गुरुङ, व्यवसायी देव गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमुलगायतको उपस्थिति थियो ।
एमाले नेतासमेत रहेका गुरुङले तमु धीं यूके भवन अवलोकन भ्रमण गरे । सांसद गुरुङले आफूलाई तमु धीं यूके भवनमा स्वागत, सम्मान गरेकोमा तमु धीं यूकेलाई धन्यवाद दिँदै आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।

तमु धीं भवनबाट गोर्खा प्यालेसमा पुगेर अवलोकन तथा छोटो भेटघाट भएको थियो । त्यहाँबाट शिव कल्चर मन्दिरमा गएर पूजा गरेर टिका लगाएपछि टोली बीसीसी गुम्बामा पुगेको थियो । त्यहाँ लामा गुरुबाट आशिष थापे ।
गुम्बाको बारेमा मेनेजर पूर्ण गुरुङ र शरदा गुरुङले जानकारी दिए । उक्त जानकारी लिएपछि टोली अल्डरसट टाउन घुमघाममा निस्कियो । सो क्रममा दीप ज्वेलर्सका प्रेम विकसँग भेटघाट तथा पसल भ्रमण, एनजी हेयर सैलुन अवलोकन, ओजोनको बफेट अवलोकन र उम्रो क्लोदिङको अवलोकन गरेका थिए ।

त्यहाँ नेपालीहरूले सञ्चालन गरेका विभिन्न पसल तथा व्यवसायको बारेमा गुरुङले जानकारी लिएका थिए । अन्त्यमा तमु धींका सचिव विमल गुरुङले सञ्चलन गरेको पानस रेस्टुरेन्टमा खाना खाएका थिए । त्यहाँ पनि छोटो भेटघाट र बेलायत भ्रमणबारे कुराकानी भएको थियो ।


