सोल । तमू धीं दक्षिण कोरियाको अध्यक्षमा तेजबहादुर तमू गुरुङ चयन भएका छन्। अगस्टट २४ मा सम्पन्न ११औं केन्द्रीय महाधिवेशनले कास्कीका तेजबहादुरको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको हो । ।
२१ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा यादबहादुर गुरुङ (स्याङ्जा) र उपाध्यक्षहरुमा सवनम गुरुङ (कास्की), सरोज गुरुङ (पर्वत), रेशमलाल गुरुङ (रुपन्देही) र जमनसिंह गुरुङ (लमजुङ) चुनिएका छन् ।
महासचिवमा भने सुनिल गुरुङ (इलाम) चयन भएका छन्। सचिवमा सन्तोष गुरुङ (रुपन्देही), लिलु गुरुङ (गोरखा)लाई चयन गरिएको छ। यस्तै कोषाध्यक्ष उर्मिला गुरुङ (काठमाडौं), र सहकोषाध्यक्षमा सृजना गुरुङ (काठमाडौं) चयन भएका छन् ।
सदस्यहरुमा भने रन्जित गुरुङ (तनहुँ), कृतिका गुरुङ (लमजुङ), चन्द्रबहादुर गुरुङ (तनहुँ), प्रभा गुरुङ (म्याग्दी), मनोज गुरुङ (तनहुँ), दिप्ती गुरुङ (पर्वत), अमृत गुरुङ (तनहुँ), सरोज गुरुङ (लमजुङ) चयन भएका छन्। समितिको विधानअनुसार दुई जना सदस्य भने कार्यसमितिको पहिलो बैठकले मनोनित गरिने व्यवस्था छ।
कार्यसमितिको अवधि दुई वर्ष रहेको छ ।