लन्डन । २/७२ इन्टेकको वार्षिक भेटघाट शनिबार, १६अगस्टमा सम्पन्न भएको छ । अल्डरसटको ठमेल रेस्टुरेन्टमा भएको भेटघाटमा नम्बरीहरूले भेला भएर खुसी साटासाट गर्दै रमाइलो गरेका थिए ।
सुरुमा नम्बरीहरू हलभित्र प्रवेश गरेका थिए । उनीहरूलाई कोअर्डिनेटर मेजर एवं पूर्वकाउन्सिलर चित्र राना र कर्णेल विजय राउतले खादा लगाएर स्वागत गरेका थिए ।

त्यसपछि सबैले सामूहिक तस्बिर खिचेका थिए । संयोजक रानाले स्वास्थ्य र सुरक्षासहित स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै कर्णेल राउतले नम्बरीहरूबीच वर्षमा एक पटक भेटघाट गर्नुपर्ने, नजिक हुनुपर्ने र एकअर्कामा दुखसुख साट्नुपर्ने बताएका थिए ।
मेजर भीमबहादुर गुरुङले आफ्नो नम्बरीहरू भाग्यमानी भएको बताएका थिए । इन्टेकको ब्रिगेड अफ गोर्खाको विजय राउतले कर्णेल भएर १ आरजीआरको कमान्डिङ अफिसर भएको बताए । संयोजक चित्र राना काउन्सिलर भएका छन् । उनीहरूले नम्बरीहरूबीच मात्रै नभएर समग्र नेपालीको नाम राख्न सफल भएको उनको भनाइ थियो ।

ब्रिगेड अफ गोर्खामा म्याराथनमा सफलता हासिल गर्ने गोविन्द लिम्बूलगायतलाई खादा लगाएर सम्मान गरेका थिए । अरु नम्बरीले पनि धेरै सफलता हासिल गरेको बताउँदै खादा लगाएर स्वागत गरेका थिए । चित्र रानालाई काउन्सिलर भएकोमा खादा लगाएका थिए ।
त्यसपछि सबै जनाले खाना खाएर रमाइलो खेल खेलेका थिए । नेपालबाट आएकी कलाकार डान्सर आरुसी मगरले भरपुर मनोरञ्जन गराएकी थिइन् । अन्य गायिकाहरूले पनि प्रस्तुति दिएर रमाइलो गराएका थिए । अन्त्यमा सामूहिक नृत्यसहित कार्यक्रम समापन भएको थियो ।



