लन्डन । बेलायतमा नेपाली संस्थाहरुमध्येकै ठूलो तमुधिं यूकेको अध्यक्षमा हरि गुरुङ चयन भएका छन् । डिसेम्बर २६ सोमबार तमुधिं भवन मिचेटमा सम्पन्न संस्थाको अधिवेशनले उनको अध्यक्षतामा १२ औं कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । आमा समूहको अध्यक्षमा सन्ध्या गुरुङ निर्वाचित भएकी थिइन् ।
नवनिर्वाचित अध्यक्ष हरि गुरुङ निवर्तमान समितिका वरिष्ठ उपाध्यक्ष थिए । त्यसअघि उनले उपाध्यक्ष, महासचिव लगायतका अन्य महत्वपूर्ण भूमिका पनि निर्वाह गरेका थिए । अध्यक्ष निर्वाचित भएलगत्तै गुरुङले संस्थाको भवनलाई ट्रस्टीहरुको नामबाट संस्थाकै नाममा सार्ने, भवनको १९ हजार पाउन्ड ऋण चुक्ता गर्ने र तमुधिं यूकेलाई आवश्यकता परेमा अझै ठूलो भवन व्यस्थापन गर्नेसम्मका प्रतिबद्धता गरेका छन् ।
को हुन् हरि गुरुङ
बाबा: स्व. सुबेदार भिम बहादुर गुरुङ
आमा: श्रीमती लक्ष्मी गुरुङ
जन्मः वि. सं. २०२१
स्था नः ठाना मौला फलेवास नगरपालिका ८ पर्वत
हालः मेड्स्टोन , केन्ट यूके
शिक्षा:
-एस.एल. सीः परोपकार मा. वि. काठमाडौं,
-बि. कम: पृ. ना. क्याम्पस पोखरा
-डिप्लोमा होटेल म्यानेजमेन्ट
-डिप्लोमा सेक्युरिटी सिस्टम्स
-सिटी एन्ड गिल्ड्स मेकानिकल इन्जिनियरिङ एड्भान्स
बेलायती सेना १९८८ देखी २००५ इ. सं.
हालः प्रशिक्षक मेकानिकल इन्जीनीयरिंग (रोयल स्कूल अफ मिलिटरी इन्जिनियरिङ)
तमुधीं यूकेमा सेवा : साधरण सदस्य, सचिव, महासचिव, सल्लाहकार र दुई कार्यकाल उपाध्यक्ष हुँदै अध्यक्षसम्मको यात्रातमुधीं यूकेमा सेवा : साधरण सदस्य, सचिव, महासचिव, सल्लाहकार र दुई कार्यकाल उपाध्यक्ष हुँदै अध्यक्षसम्मको यात्रा
पूर्वअध्यक्ष तथा सल्लाहकार मेड्स्टोन नेपाली समाज
सहनिर्देशक : तमू फोरम यूके अर्थात् तमू संस्कृति मञ्च यूके
सल्लाहकार : गैर आवासीय नेपाली संघ यूके
सल्लाहकार : सहारा यूके
सल्लाहकार : पर्वत वेलफेयर सोसाइटी यूके
सल्लाहकार : चारभन्ज्याङ अन्तर्राष्ट्रिय समन्वय समिति
सल्लाहकार : गुरुङ सोसाइटी केन्ट
ट्रष्टी : तमुधिं नेपाल
ट्रष्टी : बीसीसी केन्ट
ट्रष्टी : बुद्दिष्ट गुम्बा रेडिङ
ट्रष्टी : डाइमण्ड बुद्दिष्ट सेन्टर
फूर्सदको सदुपयोग (रुची) : समाज सेवा, इतिहास अध्ययन र भ्रमण
श्रीमती : सन्ध्या गुरुङ
परिवार : एक छोरा र एक छोरी