लन्डन । बेलायत निवासी व्यवसायी पुरन गिरी गैरआवासीय नेपाली संघ (एनआरएनए)को सल्लाहकारमा नियुक्त भएका छन् । संघको आइतबारको भर्चुअल बैठकले गिरीसहित २५ जनालाई सल्लाहकारमा मनोनियत गरिएको हो ।
गिरी अल्डरसटस्थित एम्पायर हलका प्रबन्ध निर्देशक हुन् । कुस्मा पर्वतका गिरी अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष हुन् ।
महेशकुमार श्रेष्ठ नेतृत्वको एनआरएनएका उपाध्यक्ष विश्वास दीप तिगेलाका अनुसार सल्लाहकार नियुक्त हुने अन्यमा थर्क सेन, सोनम लामा, जानकी गुरुङ, उमेश पुडासैनी, प्रकाश धमला, नबिन शेरचन, शनिकुमार ओली, चित्र सुवेदी, तिलक के.सी., रोविन्द्र श्रेष्ठ (गोविन्द), बेद खरेल, बन्दना सापकोटा शर्मा, आनन्द विष्ट, विष्णु सुवेदी, नारायण थापा, दुर्गा आचार्य, नारायण आचार्य, नरेन्द्र भाट, नारायण सुवेदी, हिक्मत थापा, विश्व बराल, पूर्ण हमाल, विनोद शाह र कृष्ण गिरी रहेका छन् ।
यसैगरी, बैठकले पोलिसी एडभोकेसी कमिटी पहिलो पटक गठन गरेको छ । तीन जनाको कमिटीमा खगेन्द्र जिसी संयोजक रहेका छन् भने कञ्चन पोखरेल र सुरेन्द्र श्रेष्ठलाई सहसंयोजक तोकिएको छ । यसलाई पछि पूर्णता दिने संघका उपाध्यक्ष विश्वास दीप तिगेलाले जानकारी दिए । कमिटीले एनआरएनएको नीतिगत कुराहरुमा सहयोग गर्ने जनाइएको छ ।
यसैगरी बैठकले विभिन्न टास्कफोर्सहरुको बारेमा पनि निर्णय गरेको छ । अनुशासन समितिको संयोजकमा दिल गुरुङ र सदस्यमा सुवास जोशी, भुवानीप्रसाद तिमिल्सिना रहेका छन् ।
संघले सेप्टेम्बर २१ तारिखमा यूएईमा हुने विधान सम्मेलनको तयारीलाई तिब्रता दिने निर्णय गरेको छ भने तयारीको जिम्मेवारी रिजनको टिमलाई दिएको छ । विधान समिति पनि बैठकले गठन गरेको छ । संघका महासचिव बाबुराम (बीआर) लामाको संयोजकत्वमा विधान समिति गठन गरिएको हो । जसको सहसंयोजकमा गुणराज शर्मा, कृष्ण गिरी, लोकप्रसाद दाहाल र पुष्प थापा रहनुभएको छ भने सदस्यसचिवमा विमल सुवेदी छन् ।
यस्तै सदस्यहरुमा बलराम श्रेष्ठ र मन थापा रहेका छन् । ‘एक एनसीसी एक प्रोजेक्ट’को जिम्मा सचिव चिन्तामणि सापकोटालाई दिइएको छ भने एनसीसीको एकता तथा समन्वय समितिको संयोजकको जिम्मेवारी प्रवक्ता गंगाधर गौतमलाई दिइएको छ ।