लन्डन । हाङपाङ समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न भएको छ । २७ जुलाईमा अल्डरसटस्थित दि लन्जमा कार्यक्रममा नेपालबाट आएकी गायिका निरन्ता नेम्बाङको पालममा झुमेका थिए ।
उनले लिम्बू भाषामा पालम र नेपाली गीत गाएर सबैलाई मन्त्रमुग्ध बनाएकी थिइन् । दीपक आङवुहाङ नेतृत्वको कलाकार टोलीले च्याब्रुङ प्रस्तुत गरेका थिए । कलाकारहरूको प्रस्तुतिमा उपस्थित सबैले रमाइलो गर्दै मनोरञ्जन लिएका थिए ।

सुरुमा औपचारिक कार्यक्रम भएको थियो । सो क्रममा उपाध्यक्ष मेदनी फोम्बोले स्वागत मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष अध्यक्ष टेकमान खपांगी मगर र संस्थापक अध्यक्ष बिश्वराज फेयोङ साँवाले पानसमा दीप प्रज्वलन गरेका थिए ।
संस्थाका ज्येष्ठ नागरिक दिलबहादुर राना मगर, संरक्षक, सदस्य, सल्लाहकार तथा अतिथिलाई खादा ओढाएर सम्मान गरिएको थियो । शैक्षिक क्षेत्रमा विभिन्न तहमा उपाधि हासिल गर्ने विद्यार्थीलाई पनि प्रशंसा पत्र र खादाले सम्मान गरियो ।
अतिथिहरू रुद्र खपांगी मगर र मेजर रिटायर्ड पदम आङबुहाङले कार्यक्रम सफलताको कामनासहित शुभकामना मन्तव्य राखेका थिए ।

किरात यायोक्खा यूकेका पूर्वअध्यक्ष काजिमान याक्सो, उपाध्यक्ष दीपेन्द्र यक्सो, लोकतान्त्रिक सामाजिक मञ्च यूकेकी अध्यक्ष शर्मिला यक्सो हुक्पा चोङवाङलगायतको उपस्थिति रहेको थियो।
अन्त्यमा अध्यक्ष मगरले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।