लन्डन । बेलायतमा सयपत्री साँझ-२०२५ भव्य रूपमा सम्पन्न भएको छ । अल्डरसटस्थित एम्पायर हलमा आइतबार चर्चित कलाकार रचना रिमाल, रामजी खाँडसहित स्थानीय कालकारको सांगीतिक धमाकासहित कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका महासचिव गौरव क्षेत्रीले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए । स्वास्थ्य र सुरक्षाबारे पनि उनैले जानकारी गराएका थिए । कार्यक्रममा अध्यक्ष दीपक शाही र एनआरएनए यूकेका अध्यक्ष प्रेमगाहा मगरले दीप प्रज्वलन गरेका थिए । त्यसपछि नेपाली र यूकेको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । नेपाली राष्ट्रिय गीत यूकेमा नै जन्मिएका बालकलाकारहरूले आफै बाजा बजाएर गाएका थिए ।
स्वागत मन्तव्य पूर्वअध्यक्ष डम्बर सिंहले राखेका थिए । राष्ट्रिय कलाकारहरूलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

प्रमुख अतिथिको मन्तव्यपछि अध्यक्षले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका दिएका थिए । त्यसपछि भने सांस्कृतिक कार्यक्रमको धमाका सुरु भएको थियो । उक्त धमाकाको होस्ट स्वरुपा थापा मगरले गरेकी थिइन् ।
सुरुमा धिमाल गीत प्रस्तुत गरिएको थियो । जसमा धिमाल नृत्य निर्जरा पौडेल, आस्लिन बोहरा, परिशा गुरुङ, लिकोन गुरुङले प्रस्तुति दिएका थिए । लगत्तै लिकन गुरुङ सेलिना शाही रिश्ता खड्का र रितिका खरेलको झ्याउरे नृत्यमा सबै झुमेका थिए ।
त्यसपछि पालो आयो चर्चित गायिका रचना रिमालको । उनले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेर सबैलाई मनोरञ्जन प्रदान गरिन् । उनका हरेक गीतमा दर्शक झुमेका थिए ।

रुकुमैकोट र हान्देउ उगुलेलीले गीतमा सयपत्री नृत्य कक्षाका कलाकारको प्रस्तुतिपछि स्टेटमा उत्रिए अर्का चर्चित गायक रामजी खाँड । उनले पनि आफ्ना कर्णप्रिय लोकगीत गाएर दर्शक नचाए । बीचमा थारु गीतको प्रस्तुति राखिएको थियो ।
त्यसपछि पनि रचना र रामजीको बेजोड प्रस्तुति रहेको थियो । यसरी भव्य रूपमा यस पटकको सयपत्री साँझ सम्पन्न भएको संस्थापक अध्यक्ष एलबी गुरुङले बताएका छन् । सयपत्री साँझ कार्यक्रम संयोजन पनि संस्थापक अध्यक्ष गुरुङले नै गरेका थिए । उनले सहभागी र स्पोन्सर सबैलाई धन्यवादसमेत दिएका छन् ।

कार्यक्रमलाई तमु धीं यूकेले ६०० पाउन्ड सहयोग गरेको थियो । सो अवसरमा तमु धींका तर्फबाट अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहका अध्यक्ष कमलादेवी गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, पूर्वअध्यक्ष रामचन्द्र गुरुङ र ज्ञाम गुरुङ, सल्लाहकार कुमार गुरुङ र दिलराज गुरुङ, सचिव विमल गुरुङ, मिडिया सेक्रेटरी कुमार गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, डेभिडलगायत सहभागी थिए ।
नेपाली मोर्गेजले ५०० पाउन्ड सहयोग गरेको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, काउन्सिलर धन सार्की, काउन्सिलर मेजर चित्रबहादुर राना, ठकुरी समाजका अध्यक्षलगायत उपस्थित थिए ।

