लन्डन । प्हच्कूईरों क्होन्मे यूके भाइ खलक १७औं चेलीबेटी तथा भान्जाभान्जीसँगको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार २६ जुलाई २०२५ मा स्यामुल कोडी स्पोर्ट्स कलेजमा अध्यक्ष क्याप्टेन जीवनकुमार गुरुङको अध्यक्षतामा उक्त वार्षिक भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । संस्थाका अध्यक्ष क्याप्टेन जीवनकुमार गुरुङ, ज्येष्ठ सदस्य रतप्रसाद गुरूङ, नेपालबाट आएका भाइ खलक सदस्य मेजर कृष्णबहादुर गुरुङ, भाइ खलकका सिनियर चेली शान्त गुरुङले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष धनबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए भने सचिव ईन्द्र (नारन) गुरुङले कार्यक्रम सञ्चालनरेका थिए । कार्यक्रमको पहिलो चरणमा समाजसेवी तथा कवियित्री जगनकुमारी गुरुङ र श्रीमान् हर्कबहादुर गुरुङलाई बीसीसी यूकेको आमा प्रमुख चयन भएकोमा सम्मान गरिएको थियो । यस्तै समाजसेवी कमल गुरुङ र जयन्ती गुरुङले बेजिङस्टोकमा नयाँ बेजिङस्टोक ओरियन्टल मार्ट सञ्चालन गरेकोमा व्यवसाय सफल होस् भनी शुभकामनासहित सम्मान गरिएको थियो ।

कार्यक्रममा लेखक तथा समाजसेवी धनबहादुर गुरुङद्वारा लिखित मृत्युपछि गरिने कार्यविधि पुस्तकको विमोचन पनि गरिएको थियो । कार्यक्रममा लेखक धनबहादुर गुरुङले आफूले लेखेको पुस्तकको बारेमा छोटो जानकारी पनि राखेका थिए । साथै याम घोताने गुरुङ र साम घोताने गुरुङलाई पनि प्हच्कूईरों भाइखलक यूकेप्रति पुर्याएको विशेष योगदान र सहयोगको कदरस्वरुप उनीहरुलाई पनि उत्कृष्ट समाजसेवा सम्मानपत्र २०२५ बाट सम्मानित गरिएको थियो ।
यसैगरी छोरी सुनीता गुरुङ र बुहारी सविता घलेलाई पनि उनले आर्जन गरेको उच्च शिक्षाको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्हच्कूइरों भाइखलक चेलीबेटीहरुको कार्यसमिति पनि चयन गरियको थियो । कार्यसमितिमा अध्यक्षमा समाजसेवी तथा कवियित्री जगनकुमारी गुरुङ (धम्पुस/ह्याङ्जाकोट), उपाध्यक्षमा शान्त गुरुङ (ढाडखर्क), महासचिवमा लक्ष्मी गुरुङ (ढाडखर्क), कोषाध्यक्षमा तारा गुरुङ (धम्पुस/फेदिखोला) चुनिए ।
सदस्यमा मनिसा गुरुङ (ताङले मोहरिया/साबेत), जसु गुरुङ (कुदबीडाँडा), माया गुरुङ (दुर्लुङ/लाङ्दी), आरती गुरुङ (खादरजुङ) चयन भए ।
संस्थाका नयाँ सदस्यहरु चीजकाजी गुरुङ साथै उनका परिवार, विवेक गुरुङ र उनका परिवारहरुलाई पनि स्वागत गरिएको थियो । यसै सिलसिलामा समाजका नयाँ विवाहित दम्पती अमित गुरुङ र साबित्रा घले गुरुङलाई पनि बधाई, शुभकामनासहित सम्मान गरिएको थियो ।

कार्यक्रममा खानाको व्यवस्थापन द प्यालेस रेस्टुरेन्टले गरेको थियो भने पेय पदार्थ साथै बार संचालन गर्नमा पदम, साम, याम, किरण, सन्तोष गुरुङ, साउण्ड सिस्टममा मनीराज गुरुङ, प्रेम गुरुङ,फोटो र भिडियोको कार्यभार किरण गुरुङले सम्हालेका थिए ।
मनोरन्जनका लागि भाइखलकका ४ वर्षका नाति आइजन गुरुङले नेपाली राष्ट्रिय गीत सुनाएर सम्पूर्ण परिवारको मन जित्न सफल भएका थिए भने नातिनीहरु जिया, काब्या र कृषाको सामूहिक नृत्य पनि प्रस्तुत गरिएको थियो । नेपालबाट आएका कलाकारहरूको प्रस्तुतिले झनै कार्यक्रमलाई रोचक बनाएको थियो । कार्यक्रममा आकर्षक पुरस्कारसहित राफल ड्र पनि आयोजना गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा सम्पूर्ण परिवार साथै चेलीबेटीहकबाट सामुदायिक नृत्यमा भाग लिई भरपूर्ण मनोरन्जन लिएका थिए ।
कार्यक्रममा नेपालबाट आएका प्हच्कूईरों भाइखलकका सदस्य रिटाएर मेजर कृष्णबहादुर गुरुङले नेपालको भाइखलक साथै भाइखलक इतिहासको बारेमा छोटो जानकारी दिएका थिए ।
कार्यक्रममा समाजसेवी तथा कवियित्री जगनकुमारी गुरुङले कविता वाचन गरी सम्पूर्ण प्हच्कूईरों भाइखलकप्रति माइतीहरुलाई दिएको माया र सम्मानप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
अन्तमा संस्थाका अध्यक्ष क्या.जीवनकुमार गुरुङले प्हच्कुईरों भाइखलक यूकेले यस वर्ष गरेका क्रियाकलाप साथै यूके भाइखलकको स्थितिको बारेमा जानकारी दिएका थिए ।
अध्यक्ष क्या.जीवनकुमार गुरुङले यस वार्षिक भेटघाट कार्यक्रममा सहभागी भई सुनमा सुगन्ध थपीदिएकोमा सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।
लेखक : धनबहादुर गुरुङ
धम्पुस (हाल : बेजिङस्टोक)