अल्डरसट, लन्डन । पञ्चासे समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । अल्डरसटको अल्डरउड लेजर सेन्टरमा शनिबार २६ जुलाई २०२५ मा अध्यक्ष नवराज गुरुङको अध्यक्षतामा भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो । कार्यक्रम प्रमुख अतिथि सुकलक्ष्मी गुरुङ, अध्यक्ष नवराज गुरुङ र संस्थापक अध्यक्ष लेरि दानबहादुर गुरुङ, तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरूङ, आमा समूह अध्यक्ष कमलादेवी गुरूङले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
ज्वाइँचेली तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमला देवी गुरुङलाई कार्यक्रम उद्घाटन अघि खादा, माला, क्रेगीले भव्य स्वागत गरिएको थियो ।

महासचिव टेक गुरुङले सञ्चालन गरेको कार्यक्रममा उनैले स्वास्थ्य सुरक्षासम्बन्धी जानकारी दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य पञ्चासे समाज यूके सल्लाहकार अरकुमार गुरुङले दिएका थिए । कार्यक्रममा नयाँ सदस्यहरूको स्वागत, विदेशबाट आगन्तुकहरूलाई अध्यक्ष नवराज र आमा समूह अध्यक्ष सतीकुमारी गुरुङले खादाद्वारा सम्मान व्यक्त गरेका थिए ।
यसैगरी स्नातक, पदोन्नति, विवाह, नवजात शिशु जन्माएकाहरुलाई संस्थापक अध्यक्ष लेरि दानबहादुर गुरुङ, सल्लाहकार हरिकुमार (काजी) गुरुङ र आमा समूह अध्य सतीकुमारी गुरुङले फेटा, बुकी र खादाद्वारा सम्मानसहित बधाई दिएका थिए ।

यस्तै समाजलाई नि:स्वार्थ सहयोग गर्ने विभिन्न दाताहरू तथा प्रायोजकहरूलाई सम्मान प्रदान गरियो । ३ सय पाउन्डभन्दा बढी दान दिने तथा प्रायोजन गर्नेहरुलाई एक्स सिएम शिवराम गुरुङ बीइम, सल्लाहकार हरिकुमार (काजी) गुरुङ र अध्यक्ष सतीकुमारी गुरुङले क्रेगी, पछ्यौरा, बुकी र प्रमाणपत्रले सम्मान गरे ।
राफल ड्रले पनि कार्यक्रमलाई आकर्षक बनाएको थियो । जसको सञ्चालन आमा समूहकी अध्यक्ष सतीकुमारी गुरुङ र टिमले गरेका थिए । राफल ड्र र अन्य स्पोन्सरलाई प्रमुख अतिथि सुकलक्ष्मी गुरुङ, सल्लाहकार हरिकुमार (काजी) गुरुङले खादाले सम्मान गरे ।
कार्यक्रममा प्रमुख अतिथि, ज्वाइँ लेखबहादुर गुरुङ, चेली विष्णुमति गुरुङले मन्तव्य राखेका थिए ।
मन्तव्यका क्रममा तमुधीं यूके अध्यक्ष जुमकाजी गुरूङ र आमा समूह अध्यक्ष कमला देवी गुरूङले आफूहरूलाई सम्मान गरेकोमा खुसी व्यक्त गर्दै पञ्चासे समाज यूकेप्रति आभार प्रकट गरे । उनीहरूले तमुधीं यूकेको भ्रमणका क्रममा माइती गाउँ पुग्दा रमाइलो लागेको भन्दै अविष्मरणीय क्षण बनेको बताए ।




अध्यक्ष नवराज गुरुङले कार्यक्रम सफल बनाउन उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, प्रायोजक, कलाकार, कार्यसमिति, आमा समूहलगायत सबैलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन गरेका थिए । त्यसपछि मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।
कक्टेल डान्सको रुपमा "खुशीको नाच"मा सहभागीहरु सामेल भएका थिए । कार्यक्रम मध्याह्नबाट सुरु भई राति सकिएको थियो ।




-1753609481.jpg)

