लन्डन । माउस टेल वेब सेर्भिसेसले आगामी अगस्ट अन्तिम साता व्यापार तथा संस्था सफल बनाउने दुई दिने तालिम सञ्चालन गर्ने भएको छ ।
नेपाली समुदायलाई लक्षित गरी शनिबार ३० र आइतबार ३१ अगस्ट २०२५ मा भौतिक, जुम र हाइब्रिड माध्यमबाट प्रशिक्षण सञ्चालन गर्न लागेको माउस टेल वेब सेर्भिसेसका प्रोपाइटर मान गुरुङले जानकारी दिए । तालिम व्यापार कसरी सफल बनाउने, संघसंस्थालाई कसरी संगठित, सुदृढ र प्रभावकारी बनाउनेलगायत विषयमा केन्द्रित हुनेछ ।
यस्तै नेतृत्व, रणनीति, संरचना, नवप्रतिभा, खुसी, स्वास्थ्य, वित्तीय, विज्ञापन आदिको बारेको पनि प्रशिक्षण दिइने छ । प्रशिक्षक माउस टेल सर्भिसेसका प्रोपाइटर तथा एमबीए र एमएआईएनटीएल ह्युमन रिसोर्स म्यानेजमेन्ट र सामुदायिक नेतृत्वबारे अनुभवी मनबहादुर गुरुङलगायत अन्य व्यावसायिक व्यक्तिहरुले प्रशिक्षण दिनेछन् ।
नेपाल समुदायलाई प्रभावकारी नेतृत्व र संस्थागत सुदृढीकरणमा प्रेरित गर्न यो तालिम महत्त्वपूर्ण हुने आयोजकले जनाएका छन् । तालिम अल्डरसटमा बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ ।
संस्थागत ४९५ र व्यक्तिगत ३९५ पाउन्ड शुल्क लाग्ने जनाइएको छ ।