लन्डन । क्यान्सर रिसर्च सेन्टर यूकेको आयोजनामा शनिबार ‘रेस फर लाइफ’ सम्पन्न भएको छ । गिल्डफोर्ड स्टोक पार्कमा भएको ५ किमी रेस (दौड)मा तमु धीं यूके आमा समूहका ४२ जना दिदीबहिनीहरूले भाग लिएका थिए ।
सहभागी सबैले दौड पूरा गरेका थिए । दौडबाट जम्मा भएको ४ हजार ८१६ पाउन्ड क्यान्सर रिसर्च सेन्टर यूकेलाई प्रदान गरिएको थियो । धावकहरूलाई तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र आमा समूहका अध्यक्ष कमलादेवी गुरुङले प्रमाण पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा अध्यक्ष जुमकाजीसहित उपाध्यक्ष कमल गुरुङ, दिलमाया गुरुङ, महासचिव डा. विशाल गुरुङ, पूर्वअध्यक्ष ज्ञाम गुरुङ, ट्रस्टी एकेन्द्र गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, सल्लाहकार दीपक गुरुङ, पूर्वअध्यक्ष नन्दजंग गुरुङ, कोषाध्यक्ष अरुण गुरुङ, एनआरएनए आईसीसीका सदस्य दिलरास गुरुङ, सल्लाहकार नन्दकुमारी गुरुङ, लन्डन इकाइका उपाध्यक्ष इश्वर गुरुङ, आमा समूहका अध्यक्ष देवकला गुरुङ लमजुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, लमजुङ समाज यूकेको आमा समूहका निवर्तमान अध्यक्ष, सल्लाहकार लेप्टेन कुसाङ गुरुङलगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा पूर्वअध्यक्ष रामचन्द्र गुरुङको श्रीमती पवित्रा गुरुङको जन्मदिन पनि मनाइएको थियो । केक काटेर सेलिब्रेसन गरिएको थियो । त्यसपछि खाना खाएर ग्रुप फोटो खिचिएको थियो । आमा समूहका अध्यक्ष कमलादेवीले सबैलाई धन्यवाद दिएकी थिइन् ।

