लन्डन । सोपाल समाज यूकेको यस वर्षको समर बीबीक्यू तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
ग्रिनफोर्ड हेरो, लन्डन पोस्ट अफिस क्लबमा शनिबार १२ जुलाई २०२५ सोपाल समाज यूकेका अध्यक्ष जगदीश गुरुङको अध्यक्षतामा समर बीबीक्यू तथा भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । समाजका अध्यक्ष जगदीश कुमार गुरुङ, प्रमुख अतिथि बिष्णुकुमारी गुरुङ (वर्ष ८७), आमा अध्यक्ष मनदेवी गुरुङ, संस्थापक अध्यक्ष विजयबहादुर गुरुङ र संस्थापक आमा अध्यक्ष नयिन्द्र गुरुङले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।

प्रमुख अतिथिलाई सम्मानस्वरूप अध्यक्ष तथा आमा अध्यक्षले पुष्पगुच्छा, सवल, खादा साथै सम्मानपत्रद्वारा सम्मान गरेका थिए । उनको जीवनी माइला भाइ सोपाल समाज काठमाडौँका भूपूअध्यक्ष देउबहादुर गुरुङले प्रस्तुत गरेका थिए । उनको जीवनीबारे सबैले बडो चाख मानेर सुनेका थिए । उनको श्रीमान् स्व. ले गुरुप्रसाद गुरुङको पनि सम्झना झल्किएको थियो ।
कार्यक्रममा अभिनन्दको क्रममा विवाह बन्धनमा बाँधिएका जोडीहरू, नयाँ घर खरिद गर्नेहरु, पदोन्नति, बाल बच्चा जन्मिएका, शिक्षासम्बन्धी आदि विषयहरूमा प्रगति गर्ने सदस्य र उनीहरु छोराछोरीहरुलाई प्रमुख अतिथि, समाजका अध्यक्ष, आमा अध्यक्षले खादा, फूल, फेटा लगाइदिएर सम्मान, बधाई दिएका थिए ।
औपचारिक कार्यक्रमपश्चात् बाहिर मैदानमा विभिन्न खेलकुद कार्यक्रम राखिएको थियो । खेलकुद सचिव भिमबहादुर गुरुङद्वारा सञ्चालित खेलहरुमा चम्चा रेस, युवाहरूका लागि १०० मिटर रेस, हेन्ड सिग्नल, लेडिजहरुका लागि म्युजिकल चेयर, पुरुषहरुका लागि छेलो फfल्ने रहेका थिए । अन्तिम खेल फुटबलमा लन्डनभित्र र लन्डन बाहिरको टिमहरुबीच रोमाञ्चक भिडन्त भएको थियो । लन्डन टिम विजेता बनेको थियो र सोपाल समाज यूकेले रनिङ्ग कप उचालेको थियो ।



खेल संचालनका लागि संस्थाका भूपू अध्यक्ष क्या. प्रेमबहादुर गुरुङ, क्या.मोहन गुरुङ, उपाध्यक्ष भरत गुरुङ , धनबहादुर गुरुङ, ओमकार गुरुङले मद्दत गरेका थिए भने समाजका अध्यक्ष जगदीश गुरुङ, कार्यक्रम संयोजक कमला गुरुङ र आमा अध्यक्ष मनदेवी गुरुङले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रमको अन्तिम चरणमा सांगीतिक मनोरञ्जन थियो । उक्त कार्यक्रम सांस्कृतिक सचिव सिर्जना गुरुङले आकर्ष तरिकाले सञ्चालन गरेकी थिइन् । सुरुमा स्थानीय युवा कलाकारहरुलाई मञ्च प्रदान गरिएको थियो । संस्थापक उपाध्यक्ष पार्वती गुरुङ तथा जुम बहादुर गुरुङका नातिनी सारंगी गुरुङद्वारा उत्कृष्ट नाच कला प्रस्तुत गरेकी थिइन् भने सबैले अति मन पराए । यस्तै सदस्य सुजन गुरुङले सुमधुर आवाजमा मिठो गीत प्रस्तुत गरेका थिए भने उनकै दिदीहरूद्वय दिपा र युद्धाबाट उत्कृष्ट नाच प्रदर्शन भएको थियो । सोपाल समाजका सदस्य राजेन्द्र गुरुङकी छोरी जेनी गुरुङको एकल गीत प्रस्तुति सुन्नलायक थियो । सानै उमेरमा पनि त्यो प्रतिभा देखेर सबैले स्याबासी दिएका थिए ।



त्यसपछि नेपालबाट आएका राष्ट्रिय कलाकारद्वय पवित्रा गुरुङ र कृष्ण रेउलेले आफ्ना सिर्जनाहरू र सोपाल समाजसम्बन्धी गीतहरु पनि सुनाएका थिए । कलाकारहरु प्रस्तुतिले मन्त्रमुग्ध भएका सोपाल समाजका पदाधिकारी तथा सदस्यरुहरुले कलाकारलाई पैसाको फूल लगाइदिएका थिए ।

कार्यक्रमको अन्तमा, राष्ट्रिय कलाकारहरुलाई समाजका अध्यक्ष जगदीश गुरुङ तथा आमा अध्यक्ष मनदेवी गुरुङ साथै संयोजक कमला गुरुङबाट प्रशंसापत्रद्वारा सम्मान गरियका थियो । त्यसमा सिमा गुरुङ, सिर्जना गुरुङ संस्थापक आमा अध्यक्ष नयिन्द्र गुरुङले पनि साथ दिएका थिए ।


कार्यक्रममा बालबालिकाहरुका लागि मनोरञ्जन दिलाउन बौन्सी क्यासल, क्यान्डी फ्लास विभिन्न स्टलहरुको प्रबन्ध मिलाइएको थियो । उपस्थित धेरैले कार्यक्रम राम्रो भएको भन्दै खुसी व्यक्त गरेका थिए ।
आमा उपाध्यक्ष कमला गुरुङको संयोजकत्वमा भएको कार्यक्रममा महासचिव क्या. मोहन गुरुङले सञ्चालन गरेका थिए भने स्वास्थ्य सुरक्षासम्बन्धी जानकारी स्वास्थ्य सचिव चन्द्रबहादुर गुरुङले गराएका थिए । अध्यक्ष जगदीश गुरुङले कार्यक्रम सफल पारिदिएकोमा सबैलाई धन्यवाद भन्दै अर्को साल भेट्ने वाचासहित कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।







