लन्डन । बुद्धिस्ट गुम्बा रेडिङ यूकेको आयोजनामा बुद्ध शिक्षा प्रवचन र अभिषेक (वाङ) प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
१२ जुलाई २०२५ मा विश्व प्रशिद्ध खोंन वंशका परम पुज्य आसंग बज्र रिन्पोछेसहित लामा गुरुको उपस्थितिमा रेडिङस्थित युनिभर्सिटी ग्रेट हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । रिन्पोछैले 'चतुर आशक्त मुक्ति' विषयमा धर्मदेशना तथा बज्र किलाय (दोर्जे फुर्पा) अभिषेक प्रदान कार्यक्रम भएको गुम्बाका मूल लामागुरु शिर लामा गुरुङले जानकारी दिए । उनका अनुसार धर्मदेशना भोट,अंग्रेजी,नेपाली र चिनियाँ गरी चार भाषामा भएको थियो ।
गुरु र प्रवचन संयोजनसमेत गरेका मूल लामागुरुङ शिर लामाले बुद्धको शिक्षालाई जनमानसलाई बाड्ने र शान्तिपूर्ण जीवन कसरी जिउने भन्ने विषयमा प्रवचन आयोजना गरिएको बताए ।
आसंग बज्र रिन्पोछे वंशानुगत उच्च ज्ञान प्राप्त गुरु हुन् । उनले अंग्रेजीमा राखेको प्रवचनलाई लामागुरु शिर लामाले नेपालीमा ट्रान्सलेट गरेका थिए । चिनियाँ भाषा अनुवादक टुल्कु तेन्जिन रिन्पोछे, पाँच अवतार ल्हाचे टुल्कु रिन्पोछे थिए ।
कार्यक्रम प्रचारप्रसार र अतिथि सत्कार बुद्धिस्ट गुम्बा रेडिङ यूके महासचिव कमल गुरुङले गरेका थिए । व्यवस्थापन मेजर बुद्धि गुरुङले गरेका थिए । बुद्धिस्ट गुम्बा रेडिङ यूकेका अध्यक्ष ई खेबहादुर गुरुङले कार्यक्रम सफल पार्न उपस्थित रिन्पोछे, लामागुरु, अनुयायीसहित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद दिए ।
प्रवचन तथा अभिषेक कार्यक्रममा तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमला देवी गुरुङ, एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङ, तमुधीं यूके आमा समूहकी पूर्वअध्यक्ष मञ्जु सीता गुरुङ, धम्पुस परिवार यूकेका अध्यक्ष तथा सहारा यूकेका पूर्वअध्यक्ष कुमार गुरुङ, श्रीमती मिना गुरुङ, तमु समाज केन्ट यूकेका अध्यक्ष गोलमान गुरुङ, कोल्चेस्टर समाज यूकेका अध्यक्ष मेजर उदयबहादुर गुरुङ एमबीई, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु लगायत विभिन्न संघ संस्थाका अगुवा तथा नेपाली र १८० भन्दा बढी विदेशी नै कार्यक्रममा उपस्थित रहेको बुद्धिस्ट गुम्बा रेडिङ यूकेका अध्यक्ष ई खेबहादुर गुरुङले गराए ।
प्रवचन कार्यक्रम अघि परम पुज्य आसंग बज्र रिन्पोछेलाई रेडिङ गुम्बामा स्वागत, सम्मान गरिएको थियो । त्यस अवसरमा अध्यक्ष ई. खेमबहादुर गुरुङ, आमा समूह, प्रमुख शिर लामा गुरुङलगायतले स्वागत गरेका थिए ।














