Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 1, August, 2025 शुक्रबार, साउन १६, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
प्रमुख समाचार
  • Home
  • प्रमुख समाचार
  • 'धर्मकेन्द्र कार्यालय' बनाउन जग्गा किन्दै गुरुङ लामा बौद्ध धर्म समाज, भूमिदान गर्न अध्यक्षको अपिल
'धर्मकेन्द्र कार्यालय' बनाउन जग्गा किन्दै गुरुङ लामा बौद्ध धर्म समाज, भूमिदान गर्न अध्यक्षको अपिल समाजका अध्यक्ष खेन्पो शिर लामा गुरुङले गरे १५ लाख सहयोग, ५० लाख उठिसकेको जानकारी
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता शुक्रबार, असार २७, २०८२

काठमाडौं । गुरुङ (तमु) लामा बौद्ध धर्म समाजले आफ्नै कार्यालय भवन निर्माणका लागि सहयोग अभियान सञ्चालन गरेको छ ।  

समाजले काठमाडौं बुढानीलकण्ठ-८ भंगालमा जग्गा खरिद प्रक्रिया अगाडि बढिरहेको जनाउँदै सहयोग अभियान सञ्चालन गरेको हो । गुरुङ (तमु) लामा बौद्ध धर्म समाजका अध्यक्ष खेन्पो शिर लामा गुरुङ (थुब्तेन येशे)ले केन्द्रीय कार्यालय स्थापनाको उद्देश्यले यसअघि विभिन्न पूजा तथा तीर्थ यात्राहरुमा सहयोग गर्नेहरु नाम, विवरण सुरक्षित रहेको जनाउँदै जग्गा खरिद र भवन निर्माण कार्यका लागि सहयोग गर्न अपिल गरेका छन् । 

उनले गुरुङ समुदायको विभिन्न क्षेत्रमा छरिएर रहेका लामा गुरुहरुको लागि नेपालको राजधानी काठमाडौंमा आउदा-जाँदा बसोबास गर्ने र पूजा तथा प्रवचनको प्रशिक्षण संचालन गरी विभिन्न क्षेत्रमा लामागुरु नियुक्ति गरी उपलब्ध गराउने केन्द्रीय कार्यालय भवन स्थापना गर्ने लक्ष्य लिएको प्रस्ट पारे । 

Sanvi jeeler
Maoustail service

अध्यक्ष गुरुङले भूमिदानको रुपमा इच्छुक सबैले सहयोग गर्न सक्ने बताए । 

धर्मकेन्द्र कार्यालयका लागि हालसम्मका दाताहरु 

  • कास्की मादी २ ताङ्तिङ घरभई पोखरा बौद्ध अर्घौ सदन गुम्बाका प्रमुख गुरुसमेत रहेका अध्यक्ष स्वयंले १५ लाख रुपैयाँ
  • पुरानो ठेगाना स्याङ्जा सिरुबारी हाल पोखरा निवासी गुरुङ (तमु) लामा बौद्ध धर्म समाजका केन्द्रीय कोषाध्यक्ष खेन्पो सन्तोष गुरुङबाट छ लाख रुपैयाँ
  • पुरानो ठेगाना पर्वत डाँडाखर्क हाल रुम्जाटार बौद्ध गुम्बाका धर्मगुरु गुरुङ (तमु) लामा बौद्ध धर्म समाजका केन्द्रीय सदस्य खेन्पो पाल्देन (श्याम) गुरुङबाट पाँच लाख पचास हजार रुपैयाँ 
  • सुनसरी जिल्ला धरान निवासी, नेपाल बौद्ध गुम्बा पुर्वाञ्चल धरान गुम्बाका प्रमुख लामा तथा समाजका केन्द्रीय उपाध्यक्ष खेन्पो नरेश गुरुङबाट पाँच लाख रुपैयाँ
  • पुरानो ठेगाना पर्वत डाँडाखर्क हाल चितवन निवासी गुरुङ (तमु) लामा बौद्ध धर्म समाजका केन्द्रीय महासचिव खेन्पो दशरथ गुरुङबाट पाँच लाख रुपैयाँ
  • पुरानो ठेगाना गोरखा बुद्धसिङ हाल चितवन निवासी गुरुङ (तमु) लामा बौद्ध धर्म समाजका संस्थापक कोषाध्यक्ष खेन्पो सोनम (कृष्ण) गुरुङबाट पाँच लाख रुपैयाँ 
  • पुरानो ठेगाना पर्वत ठाना हाल काठमाडौं धुम्बाराही निवासी श्रीमान्/श्रीमती शेर बहादुर गुरुङ र शील कुमारी गुरुङ सपरिवारबाट पाँच लाख रुपैयाँ
  • पुरानो ठेगाना लमजुङ पाचेक, हाल काठमाडौं निवासी श्रीमान्/श्रीमती पलवर गुरुङ र गौमती गुरुङ सपरिवारबाट एक लाख तीन हजार रुपैयाँ 
  • ईलाम जिल्ला माबु निवासी काथोग नम्नाङ होईसल छ्योलिङ गुम्बाका प्रमुख गुरु तथा समाजका पूर्वाञ्चल प्रमुख तथा केन्द्रका पूर्ववरिष्ठ उपाध्यक्ष लामा गणेश गुरुङबाट एक लाख रुपैयाँ
  • पुरानो ठेगाना स्याङ्जा सिरुबारी,हाल काठमाडौं निवासी पूर्वडीएसपी श्रीमान्/श्रीमती जीवन गुरुङ र पुनम गुरुङ सपरिवारबाट एक लाख रुपैयाँ 
  • पुरानो ठेगाना स्याङ्जा सिरुबारी,काठमाडौं घरभई हाल युके निवासी श्रीमान्/श्रीमती प्रकाश गुरुङ र बिजय गुरुङ सपरिवारबाट एक लाख रुपैयाँ 

स्रोत : गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको फेसबुक पेज

गुरुङ (तमु) लामा बौद्ध धर्म समाज स्थापना भएको ११ वर्ष पूरा भइसकेको छ । समाज र समुदायमा बौद्ध शासन सविस्तार गर्दै लैजाने र लामा गुरुहरुबाट समाजमा गरिने पूजा संस्कारमा एकरुपता ल्याउन विशेष समानुकूल विभिन्न धार्मिक अनुष्ठान, प्रवचन, प्रशिक्षण तथा अन्तरक्रिय कार्यक्रमहरु आयोजना गर्दै जाने र विभिन्न गुम्बाहरुबाट उच्च शिक्षा तथा छाम (गुफा) साधना पूरा गरी आएका खेन्पो,लोपोन र लामाहरुलाई समाज (संघ)मा आबद्ध गराई समाज,गुम्बा र सेन्टरहरुमा नियुक्ति गराउँदै लैजाने उद्देश्यले संस्था स्थापना गरिएको उनले बताए ।


प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  ००:४१
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप प्रमुख समाचार
महेशकुमार श्रेष्ठ नेतृत्वको एनआरएनएद्वारा विश्वव्यापी कार्यक्रम घोषणा
महेशकुमार श्रेष्ठ नेतृत्वको एनआरएनएद्वारा विश्वव्यापी कार्यक्रम घोषणा बुधबार, साउन ७, २०८२
डेढ साताको बेलायत भ्रमण सकेर नेपाल फर्किए मुख्यमन्त्री लामा 
डेढ साताको बेलायत भ्रमण सकेर नेपाल फर्किए मुख्यमन्त्री लामा  सोमबार, साउन ५, २०८२
घूस प्रकरणमा नेकपा एमालेका मन्त्री गुप्ताले दिए राजीनामा
घूस प्रकरणमा नेकपा एमालेका मन्त्री गुप्ताले दिए राजीनामा मंगलबार, असार ३१, २०८२
तमुधीं यूकेको सहयोगमा सिन्धुलीको गोलन्जोरमा निर्मित सिँचाइ पोखरी र ट्याङ्की हस्तान्तरण
तमुधीं यूकेको सहयोगमा सिन्धुलीको गोलन्जोरमा निर्मित सिँचाइ पोखरी र ट्याङ्की हस्तान्तरण सोमबार, असार ३०, २०८२
तमुधीं यूकेले दियो नेफिन यूकेको डिनर नाइटमा पौने २ लाख
तमुधीं यूकेले दियो नेफिन यूकेको डिनर नाइटमा पौने २ लाख सोमबार, असार २३, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्