केन्ट। गुरुङ सोसाइटी केन्ट यूकेको आयोजनामा वार्षिक समर भेटघाट तथा बीबीक्यू कार्यक्रम हुने भएको छ ।
आगामी २६ जुलाईमा Godmersham & Crundale Village Hall, Canterbury Road, Godmersham, Kent, CT4 7DR मा कार्यक्रम हुनेछ । विगतझैँ यस वर्ष पनि नेपाली समुदायबीच आपसी भेटघाट, सद्भाव र सांस्कृतिक एकता सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना हुन लागेको हो ।
कार्यक्रममा चर्चित कलाकारहरू तिलक गुरुङ र पवित्र गुरुङले प्रस्तुति दिनेछन् । साथमा अन्य सांस्कृतिक कार्यक्रम परम्परागत छेलो प्रतियोगिता , फेमिली फन गेम, राफल ड्रसमेत हुनेछ ।

कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ८० बजेसम्म हुनेछ । केन्टवासी आमाबुवा, दाजुभाइ, दिदीबहिनी, छोराछोरी तथा भान्जा भान्जीलाई कार्यक्रममा उपस्थित भई शोभा बढाइदिन संस्थाले अनुरोध गरेको छ ।
यस दिन छुट्टी मिलाएर सहभागी हुन आग्रह गर्दै, आयोजकले यो कार्यक्रमलाई मनोरञ्जन र आपसी सम्बन्ध प्रगाढ पार्ने सुनौलो अवसरका रूपमा लिन आग्रह गरेका छन् ।