अल्डरसट । नेपाल आदिवासी जनजाति महासंघ बेलायतले आयोजना गरेको ‘डिनर नाइट’ कार्यक्रम आइतबार, ६ जुलाई २०२५ मा अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भयो । कार्यक्रम महासंघका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा र महासचिव फ्रमबहादुर दुराको सञ्चालनमा सम्पन्न भएको हो। कार्यक्रम संयोजक मेजर (रिटायर्ड) इन्द्रप्रसाद राईले स्वागत मन्तव्य राखे ।
कार्यक्रमको उद्घाटन बेलायतस्थित नेपाली राजदूत चन्द्रकुमार घिमिरे र अध्यक्ष मेजर योगेश राईले पानसमा बत्ती बालेर गरे ।

प्रमुख अतिथिका रूपमा उपस्थित नेपाली राजदूत चन्द्रकुमार घिमिरेले मन्तव्य राखे । त्यसैगरी एनआरएनए उपाध्यक्ष विश्वासदीप तिगेला, नेपाल आदिवासी जनजाति महासंघका पूर्वसचिव भक्त दूरा लगायतका व्यक्तिले पनि मन्तव्य प्रस्तुत गरे ।
कार्यक्रममा एनआरएनए उपाध्यक्ष विश्वासदीप तिगेला, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन,गुल्मेली समाज यूकेका अध्यक्ष रुद्र थापामगर, गेसो सभापति कृष्णकुमार राई, सीएनसीबीजी अध्यक्ष थर्क राना, किरात राई यायोक्खा यूके अध्यक्ष आश राई, किरात याक्थुङ चुम्लुङ युकेकी अध्यक्ष कमला सेन्दाङ लिम्बु, पाँचथर समाज सेवा युकेकी अध्यक्ष शान्ति लिम्बु, तमुधीं यूके आमा समूह अध्यक्ष कमला देवी गुरुङ, ग्रेटर रस्मूर नेपाली कम्युनिटी यूकेकी अध्यक्ष लिला सेलिङ माबो, व्यवसायीहरु दिलरास गुरुङ, सूर्य गुरुङ, प्रेम विश्वकर्मा, पवित्र केसी, दीपेश लामा, नेफिन यूकेका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, बेलायतमा सक्रिय अन्य संस्थाका प्रतिनिधिहरू, व्यवसायी, बुद्धिजीवी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति देखियो ।

अध्यक्ष मेजर योगेश राईले डिनर नाइटको उद्देश्यबारे स्पष्ट गर्दै संस्थाले अल्पकालीन र दीर्घकालीन लक्ष्य पूरा गर्न आर्थिक संकलन कार्यक्रम गरेको बताए । उनले संकलन भएको रकमबाट जग्गा लिजमा लिने र भविष्यमा जग्गा किन्नेसम्मको योजना रहेको जानकारी दिए । कार्यक्रम सांस्कृतिक, सामाजिक र संगठनात्मक दृष्टिले सफल र उल्लेखनीय बन्यो । कलाकार पवित्रा गुरुङ, आरसी पौडेल, भूमिका साह, आरुषी मगर, युवराज मगर, निता पुन, सहिमा श्रेष्ठलगायतले सांगीतिक प्रस्तुति दिएर माहोललाई रमाइलो बनाएका थिए ।
