अमेरिका । गुरुङ (तमु) समाज, न्यूह्यामसर अमेरिकामा नयाँ कार्यसमिति चयन भएको छ ।
संस्थाको हालै सम्पन्न अधिवेशनले विकास गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमिति उपाध्यक्षमा बबिता गुरुङ, महासचिवमा किरण गुरुङ,सचिवमा दिल गुरुङ, कोषाध्यक्षमा उषा गुरुङ र सहकोषाध्यक्षमा अमृत गुरुङ चयन भएका छन् ।
सदस्यहरुमा जंग गुरुङ, प्रकाश गुरुङ, नरेन गुरुङ, इन्द्र गुरुङ, गणेश गुरुङ, तारा गुरुङ, रजनी गुरुङ, सुरेन्द्र गुरुङ, सोम गुरुङ, अमृत गुरुङ र गजेन्द्र गुरुङ चयन भएका छन् ।
नयाँ कार्यसमितिको कार्यकाल सन् २०२५-०२७ सम्म रहने प्रावधान छ । गुरुङ (तमु) समाज, न्यूह्यामसर अमेरिका गुरुङ (तमु) संस्कृति तथा मूल्यहरूको संरक्षण गर्न र आपसी एकता कायम राख्ने र समुदाय र नेपालमा सहयोग गर्ने उद्देश्यले सन् २०१० मा स्थापना भएको हो ।