लन्डन । बेलायतको अल्डसटरमा सञ्चालित एम्पायर बैंक्वटिङ तथा हलले धन्यवाद पार्टी दिएको छ ।
बुधबार बेलुकी सांगीतिक रमझमसहित एम्पायर हलले आफ्ना ग्राहक र शुभचिन्तकलाई भोज खुवाएको हो । पार्टीमा सयजनाभन्दा बढी सहभागी थिए ।
हलका निर्देशक पुरन गिरीले अहिलेसम्म हल बुकिङ, प्रयोग गरी व्यवसाय बचाउने महानुभावहरुलाई धन्यवाद पार्टी दिइएको बताए । उनका अनुसार एम्पायरमा सधैं रकम तिरेर खानुपर्ने ग्राहकलाई यसपटक नि:शुल्क खाना तथा पिय पदार्थ व्यवस्था गरिएको हो ।
कार्यक्रममा दाजुभाइ ब्यान्डका अमृत मगरले सांगीतिक प्रस्तुति दिएका थिए भने साइनो इभेन्टले व्यवस्थापनमा सघाएका थिए । भोजमा काउन्सिलर जीव बेल्वासे, तमुधिं यूकेका निवर्तमान अध्यक्ष हित काजी गुरुङ, पूर्वअध्यक्ष रामचन्द्र सूर्जे गुरूङ, नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, सहारा यूकेका अध्यक्ष कुसाङ गुरुङ, उपाध्यक्ष कृष्ण गुरुङ, निवर्तमान अध्यक्ष कुमार गुरुङ, एनआरएनए यूकेका संरक्षक शेरबहादुर सुनार, पूर्वअध्यक्ष योगेन क्षेत्री, योग फगामी, वर्तमान कोषाध्यक्ष विष्णु खरेल, अन्तर्राष्ट्रिय पर्वत वेलफेयर समाजका उपाध्यक्ष दधि आचार्य, सार्दि खोला समाज यूकेका अध्यक्ष अमृत गुरुङ, बगरभाई खलकका अध्यक्ष दिलरास गुरूङ, कोषाध्यक्ष भानु गुरूङ, स्याङ्जा समाज यूकेका अध्यक्ष शारदा गुरूङ, व्यवसायी गणेश गुरुङ, सपन राई, मन्जु गुरूङ, सञ्चालक पुरन गिरीका आमाबुबा, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र गैर नेपालीको समेत उपस्थिति थियो ।
बेल्जियमबाट जनसम्पर्क समितिका संस्थापक सुवास जोशी र भीम जोशी पनि उपस्थित थिए ।
अल्डरसट हाइस्ट्रिटमा अवस्थित एम्पायर बेलायतमा निकै व्यस्त रहने हल हो । यसमा पुरन गिरी र नारायण गिरी दाजुभाइ तथा राजकुमार गुरुङले सञ्चालन गरेका हुन् । यो पार्टी प्यालेस सन् २०१५ अगस्टदेखि सञ्चालनमा ल्याइएको हो । सञ्चालक गिरीले अब युनियन स्ट्रिटमा १ सय ५० जना क्षमताको हल र सुसी बार खोल्ने तयारी रहेको पनि जानकारी दिएका छन् ।