लन्डन । बेलायतमा व्यवसाय र समाजसेवी सुमन राईले ६ हजार ४ सय ७६ मिटर अग्लो 'मेरा पिक' हिमाल सफलतापूर्वक आरोहण गरेका छन् । पाँच दिने अभियानपछि उनी गतसाता बिहान ८ बजेर २० मिनेटमा शिखरमा पुगे ।
अनुग्रह ज्वेलर्स यूके र अनुग्रह फाउन्डेसनका निर्देशक राईले च्यारिटी कोष जुटाउने र वातावरण संरक्षणप्रतिको चेतना फैलाउने उद्देश्यसहित हिमाल चढेका हुन् । उनले आफ्नो आरोहण अभियानलाई ‘शून्यदेखि सगरमाथासम्म’ भन्ने नारासहित अघि बढाइरहेका छन्।
राईले अगिल्लो अनुभवका आधारमा अब ७ हजार मिटरमाथिका हिमालहरू आरोहण गर्ने र त्यसपछि सगरमाथाको तयारी गर्ने बताएका छन् । ग्लोबल वार्मिङविरुद्ध जनचेतना फैलाउने, पृथ्वीको संरक्षण र भावी पुस्ताका लागि सुरक्षित वातावरणको सन्देश दिन अभियान केन्द्रित रहने उनी बताउँछन् ।
उनले आफ्नो अभियानलाई साथ दिने शुभेच्छुक, संस्था तथा समुदायहरू—एनसिसिए यूके, तमुधिं यूके, किरात राई यायोख्या यूके, खोटाङ समाज यूके, थुलुङ राई समाज लगायतप्रति आभार व्यक्त गरेका छन्।
बेलायतमा सञ्चालित अनुग्रह समूह अन्तर्गत ज्वेलर्स, बुलियन, ट्राभल, हाउस तथा वाच कम्पनीहरू सञ्चालनमा छन् । सो समूहको सामाजिक शाखा अनुग्रह फाउन्डेसनले आम्दानीको १० प्रतिशत शिक्षा, स्वास्थ्य, खानेपानी, वृद्ध र बालबालिकासम्बन्धी सामाजिक काममा लगानी गर्दै आएको छ।