लन्डन । बुद्धिस्ट गुम्बा रेडिङ युकेले आगामी १२ जुलाई २०२५ मा अभिषेक (वाङ) प्रदान कार्यक्रम गर्ने भएको छ ।
विश्व प्रशिद्ध बौद्ध गुरु खोंन वंशका H.E. Asanga Vajra Rinpoche बाट 'चतुर आशक्त मुक्ति' विषयमा धर्मदेशना तथा बज्र किलाय (दोर्जे फुर्पा) अभिषेक प्रदान कार्यक्रम हुन गुम्बाका मूल लामा गुरु शिर लामा गुरुङले जानकारी दिए । उक्त धर्मदेशना भोट,अंग्रेजी,नेपाली र चिनियाँ गरी चार भाषामा हुनेछ । कार्यक्रम रेडिङस्थित ग्रेट हलमा दिनको साढे १२ देखि बेलुकी ५ बजेसम्म हुनेछ ।
रिन्पोछेको हातबाट प्रदान गरिने बज्र किलाय अभिषेक गुरु पद्मसंभवदेखि उनको वंशजहरुमा अविछिन्न रुपमा अभ्यास हुँदै आएको शुद्ध सिद्ध परम्परा भएकोले अत्यन्तै अधिष्ठानको प्रभाव रहेको मूल लामा गुरुङले बताए ।
यो सुवर्ण अनुष्ठानमा विदेशी गोरा र चाईनिज मूलका अनुयायीहरु सयौं संख्यामा उपस्थित हुने निश्चित भएको भन्दै लामा गुरुङले कार्यक्रम संचालन शैली शिक्षण र अभिषेकलाई प्राथमिकतामा राखि भोजनको नगरिएको प्रस्ट पारे ।
उपस्थित भक्तजनहरु निर्धारित समयमा उपस्थित हुन आग्रह गर्दै आयोजक बुद्धिस्ट गुम्बा रेडिङ यूकेले कार्यक्रमको बीचमा ४० मिनेटको विश्राम हुनेछ । त्यसबेला चिया,कफी र नास्ताको व्यवस्था हुनेछ ।
कार्यक्रममा उपस्थित नेपाली भक्तजनहरुले फूल, खादाबाहेक धुप,अक्षेता, बत्ती, प्रसादहरु नल्याउन सबैमा अनुरोध गर्दै उनले यो अत्यन्तै सुवर्ण पुण्य अनुष्ठानमा उपस्थित भई धर्म शिक्षा तथा पुण्यलाभको लागि सबैलाई निमन्त्रणा गरेका छन् ।