रेडिङ, बेलायत । बेलायतको दक्षिण पश्चिम क्षेत्र रेडिङ सहरमा बसोबास गर्ने गुरूङ जातिहरूको साझा संस्था रेडिङ तमु समाज यूकेको समर बीबीक्यू पार्टी सम्पन्न भएको छ ।
गत शनिबार २१ जुन २०२५ मा साउथ रेडिङस्थित तमु प्ये ल्हु संघ यूकेको भवनमा रेडिङ तमु समाजको समर भेला भव्यताका साथ सम्पन्न भएको हो । पहिलो चरण खेलप्रेमी युवा तथा भेटेरनहरूका लागि आयोजना गरिएको बास्केटबल सुट प्रतियोगिता थप आकर्षण र मनोरन्जनात्मक थियो । जसमा मनोरन्जनका साथै स्वास्थ्यलाभ थप युवाहरूको सहभागिता रहको थियो । सहभागी २६ जनामध्ये समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार डम्बर गुरूङ प्रथम भएकोले खेलकुद संयोजक तथा संस्थापक अध्यक्ष प्रेम गुरूङले नगद पुरस्कारको साथ खादा र पुष्पगुच्छाले पुरस्कृत गरेका थिए ।
बीबीक्यू र मिठो परिकारका भोजनको साथमा सुपथ मूल्यमा उपलब्ध गराइएको थियो । बीबीक्यूको संयोजन आजीवन तथा कार्यसमितिका सदस्य खेमराज गुरूङ गरेका थिए भने पेय पदार्थको संयोजन आजीवन तथा कार्यसमितिका सदस्य गजेन्द्र गुरूङ र कविन गुरूङले गरेका थिए । मिठो टिपन टापन र अचारको व्यवस्था आमा समूहले गरेको थियो । साँझ खानाको व्यवस्था आजीवन तथा कार्यसमिति सदस्य पूर्ण गुरूङ र उनको टिमले गरेका थिए ।
महासचिव याम गुरूङले संचालन गरेको तेस्रो चरणको औपचारिक कार्यक्रम अध्यक्ष देवबहादुर गुरूङ,आमा समूहकी अध्यक्ष आशा गुरूङ र संस्थापक अध्यक्ष प्रेम गुरूङले सामूहिक रूपमा पानसमा बत्ति बालेर सुरू गरेका थिए ।

त्यसपछि नयाँ आजीवन सदस्यहरूलाई स्वागत सम्मान तथा व्याज वितरण गरिएको थियो । साथै नेपालबाट आएको अतिथि कलाकारहरू बिमल परियार र गायिका तथा नायिका सबिना तमुस्योलाई परम्पराअनुसार पगरी, पछ्यौरी, फूलगुच्छा र प्रमाणपत्रले सम्मान गरेका थिए ।
सोही दिन समाजको तर्फबाट समाजलाई सधैंभरि दिलो ज्यान दिएर नि:स्वार्थ भावनाले आर्थिक भौतिक तथा नैतिक रूपमा सहयोग गर्ने समाजको व्यक्ति पहिचान गरी सम्मान गर्ने क्रममा यस वर्ष तीलबहादुर गुरूङ र श्रीमती उषा गुरुङलाई 'RTS Commendation Award 2024'द्वारा विशेष सम्मान गरिएको थियो ।
यस वर्षको समर बीबीक्यू पार्टीमा महानुभावहरूलाई थप मनोरन्जन र कार्यक्रमलाई अझै आकर्षण बनाउन आमा समूहकै सक्रियतामा भाग्योदय चिठ्ठा पनि राखिएको थियो र जसको पहिलो पुरस्कार आधी तोलाको सुनको औंठी राखिएको थियो । जसको प्रायोजन रेडिङ तमु समाज आमा समूहले गरेको थियो र अन्य आकर्षक पुरस्कारहरू अन्य सदस्यहरूले प्रायोजन गरेका थिए ।


चौथो तथा अन्तिम चरणमा प्रतिभावान स्थानीय कलाकार, बाबु नानीहरूको नृत्य प्रस्तुत गरिएको थियो भने रेडिङ तमु समाजको निमन्त्रणामा रेडिङ निन्त्रणालाई स्विकारेर आएका चर्चित कलाकारहरू गायिका तथा नायिका सबिना तमु र गायक बिमल परियारले सबैलाई भरपूर मनोरज्जन दिलाएका थिए ।
कार्यक्रमको पूरा संयोजक समाजका वरिष्ठ उपाध्यक्ष हिराप्रसाद गुरूङले गरेका थिए । सबै कार्यसमितिका पदाधिकारिहरू भूतपूर्व अध्यक्षहरू, सल्लाहकारहरू, आमा समूहका सबै पदाधिकारीहरू सबै आजीवन तथा साधारण सदस्यहरूले आर्थिक, भौतिक तथा सरसल्लाह दिएर ठूलो सहयोग गरेका थिए भने समाजका विभिन्न मनकारी सदस्यहरू राफलका लागि र विभिन्न थरि सौजन्य प्राप्त भएको रेडिङ तमु समाज यूकेले जनाएको छ ।
कार्यक्रममा करिब ५ सय जना आजीवन सदस्यहरूका परिवारका सदस्यहरूको उपस्थिति थियो ।






