लन्डन । ठकुरी समाज यूकेका पूर्वअध्यक्ष तथा समाजसेवी रामराज मल्ल नेपाली समाज विल्टशायर यूकेको सल्लाहकारमा चयन भएका छन् ।
समाजको शनिबार जून २१ तारिख २०२५ मा सुइण्डनको रनर पबमा अध्यक्ष रञ्जन मल्लको अध्यक्षतामा बसेको पूर्ण बैठकले मल्लसहित ३५ जना सल्लाहकारहरु चयन गरेको हो । मल्ल सेतीमादी डाँडागाउँले समाज सेवा यूकेको पूर्वअध्यक्षसमेत हुन् ।
समाजका लागि सँधैं साथ सहयोग र सल्लाहको पनि आवश्यक पर्ने भएकोले सल्लाकारहरु पनि चयन गरेको अध्यक्ष रञ्जन मल्लले जानकारी दिए ।
नेपाली समाज विल्टशायर यूकेका अनुसार अन्य सल्लाहकारहरुमा मे रि सन्त पुन, धन बुढाथोकी, राजनकुमार क्षेत्री, मैत लिम्बु, लाल सिरिश मगर, ज्ञानप्रसाद गुरुङ, क्या रि आइतराम गुरुङ, क्या रि इमान गुरुङ, क्या रि देवराज गुरुङ, क्या रि पदम गुरुङ, मे रि चिनबहादुर थापा, मे रि गुप्तमान गुरुङ, क्या रि दुदमान गुरुङ, क्या रि गजेन्द्र देवान, गोपाल गुरुङ, रणबहादुर गुरुङ, सुशील पौडेल, देवेन्द्र श्रेष्ठ, साइँला राई , भवानी गुरुङ, तारा लिम्बु, तिजु गुरुङ, खेम गुरुङ, प्रेम सिङ्ग गुरुङ, हर्क गुरुङ, उन्नति गुरुङ, ऋतु मल्ल, मोहन थापा, चिज बहादुर गुरुङ, विज्ञान शर्मा, पेर्मा गुरुङ, याम गुरुङ, हेम बिक्रम मल्ल र जुमबहादुर गुरुङ रहेका छन् ।
बैठकले नेपाली समाज विल्टशायर यूकेको वार्षिक कार्यक्रमसमेत घोषणा गरेको छ ।