लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके लन्डन ब्रान्चले गुम्बा निर्माणका लागि संस्थाको नाममा घर खरिद गरेको छ । सो अवसरमा तमु धीं लन्डन इकाईले बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।
बीसीसी यूके लन्डन ब्रान्चका अध्यक्ष गोपाल तामाङलाई चेक हस्तान्तरण गर्दै संस्थाको गुम्बा निर्माण प्रयासलाई थप सहयोग प्रदान गरिएको थियो ।
कार्यक्रममा तमु धीं लन्डन इकाईका अध्यक्ष भरत गुरुङ, आमा समूह अध्यक्ष देवकला गुरुङ, पहिलो महिला सिर्जना गुरुङ, उपाध्यक्ष ईश्वर गुरुङ, आमा समूह उपाध्यक्ष बिनु गुरुङ, प्रमुख सल्लाहकार काउन्सिलर लक्ष्यबहादुर गुरुङ, ट्रस्टी तथा अन्य पदाधिकारीको उपस्थिति थियो ।
-1750522144.jpg)
कार्यक्रममा बोल्दै अध्यक्ष भरत गुरुङले लन्डन उत्तर–पश्चिम क्षेत्रमा नेपाली समुदायका लागि गुम्बा आवश्यकताको महसुस गर्दै निरन्तर क्रियाशील रहेर सपना साकार पार्न सफल भएकोमा धन्यवाद ज्ञापन गरे। उनले यो उपलब्धि सम्पूर्ण समुदायको गर्वको विषय भएको उल्लेख गर्दै, तमु धीं लन्डन इकाई सधैँ यस्ता सांस्कृतिक तथा धार्मिक पहलमा साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।
हाउजिङ कमिटीका संयोजक तथा इकाई ट्रस्टी ले.रि. नारायण प्रसाद गुरुङ बीईएम र संयोजक दिलमाया गुरुङ (पूर्व आमा समूह अध्यक्ष एवं ट्रस्टी) सहितको टोलीलाई खादा र दोसल्लाले सम्मान गरिएको थियो ।

बीसीसी यूके लन्डन ब्रान्चका अध्यक्ष गोपाल तामाङले गुम्बा निर्माण कार्यमा तमु धीं लन्डन इकाईबाट प्राप्त सहयोगप्रति आभार प्रकट गरे । तमु धीं लन्डन इकाई र बीसीसी यूके लन्डन ब्रान्च एउटै रथका दुई पांग्रा भएकाले सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।