लन्डन। पञ्चासे हर्पनडाँडा समाज युकेको वार्षिक भेटघाट कार्यक्रम अध्यक्ष देउकाजी गुरुङको संयोजकत्वमा फार्नबोरोस्थित स्याम्युल कोडी स्कुल हलमा शनिबार जुन १४ तारिखमा भव्यताका साथ सम्पन्न भएको छ ।
पश्चिम नेपालको कास्की जिल्लाबाट यूके आई बसेका (चार गाउँ) सिधाने, कुद्विडाँडा, दम्दमे र मकनपुरका गाउँलेहरुले २०१२ सालमा स्थापना गरेको समाज हो । स्थापनादेखि निरन्तर रूपमा वार्षिक भेटघाट कार्यक्रम गर्दै आएको र प्रत्येक साल सहभागीको संख्या बढ्दै गएको र यो साल झन्डै चार सय जनाको उपस्थित रहेको कोषाध्यक्ष कृष्ण घलेले जानकारी दिए ।
अध्यक्ष देवकाजी गुरुङ, श्रीमती रिलसुवा गुरुङ र वयोवृद्ध जसबहादुर गुरुङले पानसमा दीप प्रज्वलन गरी नेपाल, बेलायतको राष्ट्रिय गान र तमुहरूको राष्ट्रिय गानबाट कार्यक्रम सुरुआत गरिएको थियो ।

सदाझैँ यसपटक पनि समाजका लागि उल्लेखनीय काम गरेका, शिक्षाको क्षेत्रमा डिग्री हासिल गरेका, नव विवाहित जोडी, प्रमोसन हासिल आदि व्यक्तिलाई सम्मान गरिएको थियो ।
निशु गुरुङ क्विन्स मेरी युनिभर्सिटी लन्डनबाट फाइनन्स र ऐकाउन्टमा मास्टर्स, प्रितु गुरुङ गोल्ड स्मिथ युनिभर्सिटी लन्डनबाट म्यानेजमेन्ट एन्ड इकोनोमिक्समा ग्रेज्युट, प्रतिष्ठा गुरुङ ब्रुनेल युनिभर्सिटीबाट बिएससी फस्ट क्लास अनर्स, दिपिका गुरुङ बोर्नमाउथ युनिभर्सिटीबाट ब्याचलर इन नर्सिङ, ब्रिटिस सेनामा कार्यरत स्टाफ सार्जेन्टमा प्रमोसन भएका सोहित गुरुङ (दम्दमे) र डब्लूओ टू मा प्रमोसन भएका नभिन गुरुङ (कुद्विडाँडा), तमु समाज यूकेका नवनिर्वाचित अध्यक्ष श्रीमती बिन्दु गुरुङ घले, नव विवाहित जोडीहरु, अजिज गुरुङ र मेनुका गुरुङ, अशोक गुरुङ र विनिका गुरुङ सबैलाई अध्यक्ष र श्रीमती रिलसोभा गुरुङले खादा र फुल दिएर समाजको तर्फबाट सम्मान गरे ।

साहसी धावक यामप्रसाद गुरुङले १०० माईल्स अल्ट्र ट्रेल स्नोडोनिय गत महिना ३६ घन्टा ५० मिनेटमा पूरा गरेका थिए । साहसी कामका लागि समाजको तर्फबाट अध्यक्ष गुरुङले खादा लगाएर सम्मान गरे ।
गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु हालै रश्मोरको मेयरबाट सम्मानित भएको उपलक्ष्य र सारंगी वाधक दिनेश गुरुङलाई विशेष सम्मान गरिएको थियो ।
बेलायतमा हालसालै आफ्नो परिवारसँग जोडिन आएका सदस्यहरू अमृत गुरुङ, हृदयराज गुरुङ समाजका नयाँ सदस्यहरू विजय गुरुङ, अशोक गुरुङ र सुरेश गुरुङलाई अध्यक्षले खादा लगाएर स्वागत गरे ।
बेलायत भ्रमणमा आएका क्या. प्रेमबहादुर गुरुङ, श्रीमती आशादेवी गुरुङ, हर्कबहादुर गुरुङ, जुना गुरुङ, उज्याली गुरुङ, भीमादेवी गुरुङ लाई पनि स्वागत गरियो ।
-1750075570.jpg)
कार्यक्रमको उत्साहित पक्ष राफल ड्र थियो । पहिलो पुरस्कार आधा तोला सुन डिलोन्ज रेष्टूरेन्ट अल्डरसटका मेनेजिङ डाइरेक्टर तुलाराम गुरुङले प्रयोजन गरेका थिए ।
राफलको टिकट बेच्न संगिना, गौतम, पुष्प र पुनम कस्सिएर लागेका थिए । फलस्वरूप १३ सय ९० पाउन्ड बराबरको टिकट बेचेको गौतमले बताए । उक्त रकम कुनै पनि च्यारिटीका लागि चलाउने विचार रहेको राफल संयोजक खुशीमान गुरुङले बताए ।
कुद्विडाँडा गाउँका चेली ललिता गुरुङले माईतीगाउँको पार्टी भने पछि आफू यसै पनि उत्साहित हुने बताउँदै यसपालीको कार्यक्रम झनै व्यवस्थित भएको बताइन् । ‘खाना, मनोरञ्जन सबै राम्रो। नेपालबाट आउनुभएको गायक पवित्र गुरुङ बैनी पनि भाउ नखोज्ने, मिठो गीत गाउने, सरल खालको सबैलाई नचाउनु भयो। खुशी लाग्यो,’ उनले भनिन् ।
समाज जम्मा चार गाउँको भएता पनि मनकारी र धनकारीहरूको कमी नभएको संस्थापक अध्यक्ष डमरकाजी गुरुङले बताए। यस पटकको भेटघाट कार्यक्रमका लागि स्पोन्सर मात्रै ६ हजार ३ सय ३४ पाउन्ड उठेको थियो ।
नव विवाहित जोडी चीज र जुमा गुरुङका छोराबुहारी अजिज गुरुङ र मेनुका गुरुङले ५०० पाउन्ड प्रदान गरे । देउशोभा गुरुङ र टोमबहादुर गुरुङ (दम्दमेको चेली) दम्पत्तीले आफ्नो दुवै छोरा प्रितम र प्रदीपको पनि वैवाहिक जीवनको खुशीयालीमा ५ सय १० पाउन्ड प्रदान गरे ।
समाजको आफ्नै गाउँमा रहेको हर्पनकोट मावीका लागि आर्थिक सहयोग गर्न महासचीव प्रकाश गुरुङले अनुरोध गरेका थिए । अध्यक्ष स्वयं नेपालमै गई प्रोजेक्ट हेर्ने सर्तमा आर्थिक संकलन गरिएको थियो । उक्त दिनमा मात्र ७ लाख ८७ हजार संकलन भएको कोषाध्यक्ष कृष्ण घलेले बताए ।
-1750075608.jpg)
कार्यक्रमको रमाईलो पक्ष नाचगान नै थियो । नेपालबाट बेलायत तमु धीं यूकेको निमन्त्रणमा आएकी गायिका पवित्र गुरुङको प्रस्तुती अतिनै रमाईलो रह्यो । उनको सुरिलो स्वर, सरलता र नम्र बोलीले सबैलाई मोहित पारेको देखियो । अन्तमा पवित्रले आजसम्म सबैभन्दा रमाईलो कार्यक्रम यही भएको बताइन् । साथमा स्थानियहरु खुशीमान गुरुङ, निर्मला गुरुङ, सुविना क्षेत्री र स्यारोन गुरुङले नाच प्रस्तुति गरेका थिए ।
राफल ड्र साँस्कृतिक सचीव खुशीमान गुरुङले संचालन गरेका थिए। यस पटकको रफल ड् विजेता रश्मी गुरुङ, ध्रुव गुरुङ र सुमीत्र गुरुङले क्रमशः आधा तोला सुन, २ सय पचास पाउन्ड, १ सय पचास पाउन्ड पाए।
कार्यक्रम संचालन प्रकाश गुरुङले गरेका थिए भने सहयोग प्रिन्का गुरुङ र सन्ध्या गुरुङले गरेका थिए । उक्त दिनलाई चुस्तदुरुस्त पार्न देव घले, यामबहादुर गुरुङ, हुमानसिङ गुरुङ, रबि गुरुङ, नभिन गुरूङ, डम्बर गुरुङ, डिलबहादुर गुरुङ, सुन्दर गुरुङ,किरण गुरुङ, तेजु गुरुङ, रुद्रमान गुरूङ, जगन गुरुङ, शिव गुरुङ, दिल गुरुङ र डा. रजनी गुरुङ सक्रिय रुपमा लागेका थिए ।