अल्डरसट । नेपाली ख्रिष्टियन चर्च अल्डरसटले क्रिश्चियन धर्मका संस्थापक प्रभु यशु खिष्ट्रको जन्मोत्सव मनाएको छ ।
युशको आदर, महिमा, प्रशंसा दिने उद्देश्यले गत आइतबार अल्डरसटस्थित चर्चमा यशुको जन्मोत्सव मनाइएको नेपाली ख्रिष्टियन चर्च अल्डरसटले जनाएको छ । सेवाकाईको सन्चालन एल्डर मेख थापाले गरेका थिए भने भजन गीतमा जोन रत्ना, जवानहरुले नाटक, प्रहसन देखाए । यस्तै परमेश्वरको वचन स्थानीय पाष्टर लक्ष्मीप्रसाद लिम्बुले गरेका थिए ।
त्यसरी नै खानपिनको व्यवस्था डिकन फुर्वा तामाङले, यातायातमा, डिकन युवराज आङबुहाङले र अन्य सबै विषयको व्यवस्थापन डिकन टुवेन लिम्बुले गरेका थिए । कार्यक्रममा झन्डै ४०० जनाको उपस्थिति थियो ।
कार्यक्रममा ससाना नानीबाबुहरुले नाटक देखाएर रमाइलो गरेका थिए । अध्यक्ष लक्ष्मीप्रसाद लिम्बुले जिसस क्राइस्टको जन्म र जन्मदिनको बारेमा चर्चा गरेका थिए ।
येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाइन्छ । क्रिसमसमा येशुको शिक्षा एवं उपदेशको मनन् गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको थियो । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । यस दिनमा ख्रिष्टीयनहरुले एकआपसमा मिलेर चर्चमा गई भजन गाउने, नाच गान गर्ने र प्रार्थना गर्दै येशुको जन्मदिन मनाउने चलन छ ।
येशुले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् समेत प्रचलनमा आएको मानिन्छ । राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ ।