लन्डन । बेलायतकै नेपाली संस्थाहरुमध्येकै ठूलो तमुधिं यूकेको अध्यक्षमा हरि गुरुङ चयन भएका छन् ।
तमुधिं भवन मिचेटमा आइतबार सम्पन्न संस्थाको अधिवेशनले गुरुङको अध्यक्षतामा १२ औं कार्यसमिति सर्वसम्मतिमा निर्वाचित गरेको हो । दुई वर्षे कार्यकाललाई नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जुमकाजी गुरुङ, उपाध्यक्षमा परशु गुरुङ र कमल कोने गुरुङ चुनिएका छन् भने महासचिवमा डा विशाल गुरुङ, सचिवमा विमल गुरुङ, कोषाध्यक्षमा दिलमाया गुरुङ र सहकोषाध्यक्षमा दुर्गाबहादुर गुरुङ चयन भएका छन् ।
त्यस्तै, स्पोर्टस् सेक्रेटरी क्या दीपक घले, कल्चरल सेक्रेटरी साधुराम गुरुङ, मिडिया सेक्रेटरी एसके गुरुङ, मिलन तमु र मदन गुरुङ, युवा संयोजक राजेन्द्र गुरुङ, च्यारिटी संयोजक कुमार घले र प्रोपर्टी मेम्बर अरुण गुरुङ चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा भोज गुरुङ, मोति गुरुङ, लिदिया गुरुङ, हेलिसा गुरुङ, बिनु गुरुङ, चन्द्रादेवी गुरुङ, गुड्डु गुरुङ, नरबहादुर गुरुङ, दीपक गुरुङ र सोम घले छन् ।
त्यसैगरी, आमा समूहको अध्यक्षमा सन्ध्या गुरुङ निर्वाचित भएकी छन् । आमा समूहमा उपाध्यक्षहरु कमला गुरुङ, नन्दकुमारी गुरुङ र जया गुरुङ, महासचिव शान्ता गुरुङ, सचिव अञ्जु गुरुङ, कोषाध्यक्ष मुना गुरुङ र सहकोषाध्यक्ष श्रीमती ध्रुव गुरुङ सहित १५ सदस्यहरु छन् ।
सल्लाहकार एकेन्द्र गुरुङ प्रमुख आयुक्त तथा मेजर कृष्णबहादुर गुरुङ र नारायणसिंह गुरुङ आयुक्त रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति निर्वाचन गराएको थियो। प्रमुख निर्वाचन आयुक्त गुरुङले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष हरि गुरुङ निवर्तमान समितिका वरिष्ठ उपाध्यक्ष थिए । त्यसअघि उनले उपाध्यक्ष, महासचिव लगायतका अन्य महत्वपूर्ण भूमिका पनि निर्वाह गरेका थिए।
अध्यक्ष निर्वाचित भएलगत्तै गुरुङले संस्थाको भवनलाई ट्रस्टीहरुको नामबाट संस्थाकै नाममा सार्ने, भवनको १९ हजार पाउन्ड ऋण चुक्ता गर्ने र तमुधिं यूकेलाई आवश्यकता परेमा अझै ठूलो भवन व्यस्थापन गर्नेसम्मका प्रतिबद्धता गरेका छन् । यसअघि निवर्तमान समितिका अध्यक्ष हित काजी गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा महासचिव परशु गुरुङले वार्षिक र कोषाध्यक्ष कमल कोने गुरुङले आय-व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । दुई वर्षअघि निवर्तमान अध्यक्ष गुरुङले कार्यभार सम्हाल्ने क्रममा संस्थाको आर्थिक अवस्था बलियो बनाउने प्रतिवद्धता गरेअनुसार उनको कार्यकालमा संस्थाको कोषलाई २० हजार पाउन्डबाट बढाएर अहिले ८४ हजार पाउन्ड पुर्याइएको जानकारी प्रतिवेदनमा गराइएको छ ।
सोही अवसरमा संस्थाका ६ वटै क्षेत्रीय समितिका अध्यक्षहरुले पनि आ-आफ्ना समितिका प्रगति प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । अध्यक्ष हित काजी गुरुङले आफ्नो कार्यकाललाई सफल पार्न सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गरेका थिए । कार्यक्रममा लामा गुरु सन्तोष गुरुङ, लोक तथा दोहोरी कलfकारहरु सुरेन्द्र गुरुङ, चिज गुरुङ र भिमु गुरुङलाई स्वागत, सम्मान गरिएको थियो ।
आमा समूहकी अध्यक्ष सीता मन्जु गुरुङले आफू नेतृत्वको कार्यसमितिको कार्यकाल सफल बनाइदिएको सबैलाई धन्यवाद दिँदै कर्यकाल सकिए पनि अरको कार्यसमितिलाई सघाउने प्रतिबद्धता जनाइन् ।
अधिवेशनमा तमुधिं यूकेका करिव दुई सय जना सदस्यको सहभागिता थियो ।