लन्डन । ल्हेंगे तमु समाज यूकेको १७ औं दाजुभाइ, चेलीबेटी वार्षिक भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
२४ मे २०२५ मा फार्नबोरोस्थित सामुयल कोडी स्कुलमा संस्थाका प्रमुख सल्लाहकार मेजर खुसीमान गुरुङ एमभीओ, समाजका अध्यक्ष अशोक गुरुङ र ज्येष्ठ बाबा र आमाबाट दियो प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका हुन् ।

समाजका सचिव मनोजकुमार तमुले सञ्चालन गरेको उक्त कार्यक्रममा गुरुङ राष्ट्रिय गीतसँगै नेपाली र बेलायती राष्ट्रिय गान हुँदै १ मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य लोक ल्हेंगेले गरेका थिए भने विशेष मन्तव्य समाजका प्रमुख सल्लाहकार मेजर खुसीमान गुरुङ एमभीओले दिएका थिए ।
कार्यक्रम औपचारिक र अनौपचारिक रुपमा सञ्चालन गरिएको थियो । छोरीज्वाइँ, छोरा बुहारीबाट एकल र बहुनिर्णय प्रस्तुत गरिएको थियो । बेम ल्हेँगें गुरुङको विशेष नित्य १९७५ सालको अत्यन्तै विशेष गीतमा भएको थियो । हेड एन्ड टेल (गाई कि त्रिशुल) सामूहिक खेल सबै जना दाजुभाइ र चेलीबेटी र सम्पूर्ण उपस्थित परिवारलाई सहभागी बनाउने खेल निकै रोचक बनेको थियो ।
राफल ड्र २ चरणमा खेलाइएको थियो । पहिलो चरण सम्पूर्ण सहभागीको लागि भने दोस्रो चरणको राफल विशेष विशेषगरी चेलीबेटीको लागि मात्र र पहिलो पुरस्कार आधा तोला सुनको तिलहरि बेम गुरुङ र कमला गुरुङले प्रायोजन गरेका थिए भने दोस्रो पुरस्कार उमरु क्लोथिङ (शान्त गुरुङ र रुपमाया गुरुङ) प्रायोजन अल्डरसटबाट मिलन तमुको संयोजनमा भएको थियो ।

कार्यक्रममा नयाँ उपलब्धि हासिल गर्ने महानुभावहरुलाई सम्मान गर्दै डा.हर्क प्रतिष्ठानलाई सहयोग गर्ने सहयोगीदाताहरुलाई पनि प्रतिष्ठानका सल्लाहकार लोक गुरुङले सम्मान-अभिनन्दनत्र हस्तान्तरण गरेका थिए भने दोस्रो सहयोगदाताहरु बेम गुरुङ, मेजर खुसीमान गुरुङ, रिम गुरुङ र प्ये ल्हु सघ यूके ।
झन्डै दुई दशकसम्म विशेष भूमिका निभाउने टंकु गुरुङ, मेजर खुसीमान गुरुङ एमभीओ र उपेन्द्र गुरुङलाई विशेष प्रशंसापत्र समाजका तर्फबाट धन्यवाद स्वरुप प्रदान गरिएको थियो ।



साउनको व्यवस्थापन गर्ने दिनेश गुरुङबाट बाँसुरीको मन्त्रमुग्ध धुनको प्रस्तुतिसँगै समाजका अध्यक्ष अशोक ल्हेंगेले सम्पूर्ण उपस्थित चेलीबेटीहरु र परिवारलाई बिदा दिनु मन त छैन तर अर्को वर्ष अझ राम्रोसँग मनाउने वाचा गर्दै दाजुभाइको खटाइप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
विशेषत यस भेटघाटमा ल्हेंगे तमु युवा परिवार यूकेको विशेष स्थान राखि चिनापर्ची गरिएको थियो । शारस ल्हेंगे संयोजक रहेको युवा लाइनअपमा प्रसिद्ध, प्रणय र अश्विन ल्हेंगेको विशेष सक्रियता थियो ।
भ्वाइस अफ नेपाल सिजन ४ नकआउट राउन्डसम्मको प्रतियोगी र गुरुङ गीत कुशल गायिका पवित्रा गुरुङको विशेष उपस्थितिले कार्यक्रमलाई भिन्दै रौनक थपेको थियो ।

अन्त्यमा खुसीको नाच (कक्टेल डान्स) सँगै यो वर्षको कार्यक्रम निकै राम्रो र सफल भएको महसुस भएको आयोजकल बतायो । कार्यक्रममा करिब साढे २ सय जना ल्हेंगे दाजुभाइ र चेलीबेटीको उपस्थिति थियो ।