लन्डन । तमु समाज युकेको १८औं वार्षिक साधारणसभा यही ३१ मे मा हुने भएको छ ।
ह्यारो रोड बर्हाम पार्क वेम्बलीस्थित तमु समाज युके नेप्लिज कम्युनिटी सेन्टरमा शनिबार मे ३१ का दिन साधारणसभा तय भएको समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए ।
'तमु समाज युकेको १८औं वार्षिक साधारणसभा मिति ३१ मे २०२५, शनिबारको दिन हुने भएकोले यहाँहरू सबै यो बैठकमा उपस्थित भई तमु जातिको संस्कार, संस्कृति, भाषा, भेषभुषाको र समाज सेवाको क्षेत्रमा समाजले खेल्नु पूर्ने भूमिकाको विषयमा आफ्नो महत्वपूर्ण राय, सल्लाह, सुझाबहरु राखी आफ्नो समाजलाई सहयोग गरिदिनुहुन साथै बैठकलाई भव्य र सभ्य तरिकाले सफल पारिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु,' सूचनामा भनिएको छ ।
तमु समाज युकेका अध्यक्ष, पदाधिकारीहरु, सम्पूर्ण ट्रस्टीहरू, क्षेत्रीय प्रतिनिधिहरु, सम्पूर्ण सल्लाहकारहरु, आमा समूहकी अध्यक्ष तथा सम्पूर्ण आमा दिदी–बहिनीहरु, युवा समूहका अध्यक्ष लगायत सम्पूर्ण युवा समूह, सम्पूर्ण आजीवन सदस्यहरु तथा शुभचिन्तकहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।